ताजा खबर :- जाडो मौसममा रुघाखोकीको साथै एलर्जीको समस्या हुन्छ भने यस समस्याबाट बँच्न सकेमा तपाई यी दिनहरूमा कयौँ स्वास्थ्य समस्याहरूबाट सजिलै बँच्न सक्नुहुन्छ । एलर्जीको समस्याबाट बँच्नका लागि यी ५ अति आवश्यक चीजको अवश्य प्रयोग गर्नुहोस् ।

१-भिटामिन सी

भिटामिन सी ले भरिपूर्ण चीजहरूको सेवन तपाईको लागि लाभदायक सावित हुन्छ । यसमा एन्टीअक्सीडेन्ट्सको भरिपूर्ण मात्रा हुन्छ, जसले इम्यून पावर बढाएर तपाईलाई एलर्जी र अन्य स्वास्थ्य समस्याहरूबाट बचाउँछ ।

२-भिटामिन डी

जाडो मौसममा अस्थमा जस्ता रोगहरू र अन्य स्वास्थ्य समस्याहरूका कारण बन्ने एलर्जीबाट छुटकारा पाउनका लागि यो फाइदाजनक हुन्छ । भिटामिन डी बिहानको घाम, फैटी फिश, अण्डाबाट प्राप्त गर्न सकिन्छ ।

३-लसुन

लसुनको सेवनले कयौँ स्वास्थ्य समस्याहरूबाट छुटकारा दिलाउन मद्दत गर्छ । यसमा पाईने एन्टी फंगल र एन्टी बायोटिक तत्व केवल एलर्जीबाट बचाउने मात्र नभई तातोपन पनि दिन्छ । दिनहुँ लसुनको पोटी चपाउनु फाइदाजनक हुन्छ ।

४-अदुवा

कुनै पनि किसिमले अदुवाको सेवन, प्रतिरोधक क्षमता बढाउन र एलर्जीबाट छुटकारा राख्नमा निकै सहायक सावित हुन्छ । जाडो मौसमको दिनहरूमा अदुवाको चियाको सेवन पनि लाभकारी हुन्छ ।

५-स्याउको सिरका

तातो या मनतातो पानीमा एक चम्मच स्याउको सिरका मिलाएर दिनहुँ सेवन गर्नुहोस् । तपाईले चाँहे अनुसार यसमा मह र कागती पनि मिलाउन सकिन्छ । यी चीजहरूले एलर्जीको साथै चिसोको अन्य समस्याहरूबाट बचाई राख्छ ।

तपाईको प्रतिक्रिया