ताजा खबर :- शरीरिक रूपमा स्वस्थ रहन जति महत्वपूर्ण हुन्छ, मानसिक रूपमा स्वस्थ रहन पनि त्यति कै महत्वपूर्ण हुन्छ । यदि मानसिक रूपमा स्वस्थ र सशक्त रहनुहुन्छ भने कुनै पनि समस्या या तनावबाट छुटकारा पाउन सकिन्छ । यहाँ चर्चा गरिएको छ, यस्ता ५ आहार जुन मानसिक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

१-दही

दहीको सेवनले पाचन तन्त्रलाई दुरुस्त राख्नुको साथै मस्तिष्कको कार्यक्षमतालाई पनि प्रभावित गर्छ । आहारमा बढी भन्दा बढी दहीको सेवन गर्दा चिन्ता र तनावलाई कम गर्न मद्दत गर्छ र यदी कसैको स्वभाव चिडचिडापन भैसकेको छ भने दहीले मुड राम्रो बनाउन मद्दतगार हुन्छ ।

२-अण्डा

अण्डामा पाईने पोषक तत्वले मानसिक स्वास्थ्यलाई राम्रो बनाउनुको साथै सतर्क राख्न मद्दत गर्छ । फोलिक एसिड, बायोटीन, कोलाइन आदि मस्तिष्कको कोशिका विकासको लागि महत्वपूर्ण हुन्छ ।

३-हरियो सागसब्जी

हरियो सागसब्जीलाई दिनमा एक पटक आफ्नो आहारमा समावेश गर्दा डिमेन्शिया हुनसक्ने आशंकालाई रोक्छ । जो मानिस बढी भन्दा बढी हरियो सागसब्जीलाई आफ्नो आहारमा समावेश गर्दछन्, उनीहरूको दिमाग लामो समय सम्म सक्रिय रहन्छ, जुन मानसिक स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

४-मेवा

मेवा, ड्रायफ्रूट्स या नट्स आदिमा मैंगनीज, सलेनियम प्रचुर मात्रामा पाईन्छ, जुन मस्तिष्कको कार्यमा सुधार गर्छ र मानसिक कमजोरीलाई कम गर्न महत्वपूर्ण भूमिका निभाउँछ ।

५-डार्क चकलेट

डार्क चकलेटमा पाईने कोकोआ को कारण मस्तिष्कमा सन्तुलित रक्तसंचारको लागि लाभदायक मानिन्छ । यसको साथै यसमा फ्लेभेनोयड मस्तिष्कलाई जवान राख्नुको साथै रेडिकल नोक्सानबाट पनि बचाउँछ ।

तपाईको प्रतिक्रिया