ताजा खबर :- सायद कमै होलान्, जो जाडो मौसममा चिसो पानी देखि टाढा रहन रुचाउदैनन । तर के तपाईलाई थाहा छ, मनतातो पानी या हल्का तातो पानीले नुहाउँदा चिसोबाट बचाउनुको साथै स्वास्थ्य सम्बन्धि फाइदा पनि पुर्याउँछ । जाडो मौसममा मनतातो पानीले नुहाउनुको यी ५ प्रभावकारी फाइदा यस्ता छन्, जानी राखौँ ।

१-जाडो मौसममा मनतातो पानीले नुहाउँदा यसले शरीरमा तातोपन उत्पन्न गर्छ र चिसोबाट बचाउँछ । यसको साथै चिसो दुष्प्रभावहरूबाट पनि शरीर र स्वास्थ्यलाई रक्षा गर्छ ।

२-जाडो मौसममा रक्तसंचारलाई सन्तुलित गरी शरीरलाई सक्रिय बनाई राख्नका निमित्त मनतातो पानीले नुहाउनु निकै मद्दतगार सावित हुन्छ ।

३-जाडो मौसममा अन्य रोगहरू जस्तै रुघाखोकी, दम र ज्वरोबाट बचाई राख्नका लागि मनतातो पानीले नुहाउनु फाइदाजनक हुन्छ । यसको साथै निन्द्रा नलाग्ने समस्याबाट छुटकारा पाउनका लागि मनतातो पानीले नुहाउनु निकै उपयोगी सावित हुन्छ ।

४-श्वास सम्बन्धि रोगले पीडिट रोगीले जाडो मौसममा निकै सचेत रहन आवश्यक हुन्छ । यस अवस्थामा मनतातो पानीले नुहाउनु फाइदाजनक हुन्छ, किनकि श्वासको समस्या बढ्न दिँदैन ।

५-रुघाखोकीको कारण शरीरको अंगहरू दुख्ने समस्यामा यो निकै उपयोगी हुन्छ । यसको साथै यसले मानसिक रुप देखि आराम दिलाउन पनि मद्दतगार हुन्छ ।

तपाईको प्रतिक्रिया