ताजा खबर :- अधिकांश महिलाहरूलाई ३५ देखि ५० को उमेरमा फाइब्रोइडको समस्या हुनथाल्छ । यसको पछाडी कयौं कारण हुनसक्छ । जुन महिलालाई यो समस्या हुन्छ, उसलाई कयौं किसिमको स्वास्थ्य समस्या हुन्थाल्छ । यदि यसको संकेत सही समयमा पहिचान गरी उपचार गरियो भने यस समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।

के हो फाइब्रोइड?

महिलाको गर्भाशयमा हुने गाँठलाई फाइब्रोइड भनिन्छ । यसको आकार मासको एक दाना जत्रो सानो हुनसक्छ या तरबुजा जत्रो ठूलो पनि हुनसक्छ । बढ्दो उमेर, हार्मोनल परिवर्तन या जेनेटिक कारणहरूले कयौँ महिलाहरूलाई फाइब्रोइडको समस्या हुनथाल्छ । अधिकांश ३५ देखि ५० वर्षको उमेरमा यो समस्या देखिन्छ । ९९% यो बिनाइन अर्थात् बिना क्यान्सर युक्त हुन्छ, यो निकै चिन्तित हुनु पर्ने कुरा होइन ।

 फाइब्रोइडको ७ संकेत

१- नाइटोको तल पेटमा दुखाई रहनु

२-ढाडको तल्लो भागमा दुखाई रहनु

३-पटप-पटक पिसाब फेर्न मन लाग्नु

४-महिनावारीको अवधिमा तीव्र पेटमा दुखाई रहनु

५-लामो समयसम्म महिनावारी हुनु

६-एनीमियाको समस्या हुनु

७-लामो समय सम्म कब्जियतको समस्या रहनु

तपाईको प्रतिक्रिया