ताजा खबर :- जाडो मौसम जहाँ स्वास्थ्य र सुन्दरताको लागि वरदान मानिन्छ, त्यहीँ सावधानी अपनाउन नसकेमा केही स्वास्थ्य समस्याहरू पनि हुनसक्छ । केही घरेलू उपायलाई अपनाएर यी समस्याहरूबाट सजिलै बँच्न सकिन्छ । जन्नुहोस, जाडो मौसममा हुने यी १० रोग र यिनको सहज उपचार-

१-जाडो मौसममा कब्जियतको समस्या हुन्छ । विशेषगरी पाचन सम्बन्धि कारणहरूले यो समस्या थप बढ्छ । यसबाट बँच्नको लागि यस मौसममा पानी प्रशस्त पिउनु पर्दछ । भोजन पश्चात् जिरा पाउडर खाँदा पाचन क्रिया ठिक रहन्छ ।

२-कयौँ मानिसलाई चिसो हावा एवम् चिसोको कारणले टाउको दुख्ने समस्या हुन्छ, जुन सजिलै कम हुँदैन । यस्तो अवस्थामा दूधमा जायफल कुटेर निधारमा यसको लेप लगाउनुहोस् । यसबाट निकै चाँडो टाउको दुख्ने समस्याबाट आराम मिल्छ ।

३-जाडो मौसममा त्वचाको साथ-साथै ओठ फाट्ने समस्या सामान्य हो । फाटेको ओठमा कोकमको तेल लगाउँदा निकै लाभदायक हुन्छ । यसबाट ओठको त्वचा नरम र मुलायम हुन्छ  ।

४-जाडो मौसममा कुर्कुच्चा फाट्ने समस्या पनि अधिकांश मानिसलाई हुन्छ । यस्तो अवस्थामा कुर्कुच्चामा प्याजको पेस्ट लगाउँदा आराम मिल्छ ।

५-जाडोमा प्रायजसो छातीमा चिल्लो पदार्थ जम्मा हुन्छ र यसो हुँदा निकै समस्या हुन्छ । यसको लागो अंजिरको सेवन गर्नुहोस् । यसबाट चिल्लो पदार्थ निस्किन्छ तथा खोकीको समस्याबाट आराम मिल्छ ।

६-जाडोमा अधिकांश मानिसलाई ज्वरो आउनु सामान्य कुरा हो । यसबाट बँच्नको लागि दिनमा तीन पटक अजवाइनको चूर्णको प्रयोग गर्नु फाइदाजनक हुन्छ । यसबाट चिसोको ज्वरो चाँडो निको हुन्छ ।

७-खोकी, रुघा, ज्वरो एकैसाथ हुँदा पुदिनाको पातको चिया बनाएर चीनी या नून मिलाएर पिउँदा लाभ मिल्छ ।

८-जाडो मौसममा प्रायजसो जोर्नी दुख्ने समस्या रहन्छ । यसबाट आराम पाउनका निमित्त धतूरोको पातमा तेल लगाएर तताउनुहोस् र दुखाई महसूस हुने स्थानमा बाँध्नुहोस् । यसबाट दुखाईमा  आराम मिल्छ ।

९-जाडोमा तोरीको तेलमा ३-४ लसुनको पोटी हालेर पकाउनुहोस् र चिसो भएमा यसले मालिश गर्नुहोस् । यस तेलको मालिशले शरीरको दुखाईबाट आराम मिल्छ र शरीरमा तातोपान बनिरहन्छ ।

तपाईको प्रतिक्रिया