ताजा खबर :- जाडो मौसममा रुघाखोकी, ज्वरो, जोर्नीको दुखाई र श्वासको समस्या बढ्नु सामान्य कुरा हो । यस्तो अवस्थामा रोगीहरूलाई यस मौसममा निकै सतर्क र सावधान रहन आवश्यक हुन्छ ।

श्वास रोग विशेषज्ञका अनुसार, जाडो मौसम स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । तर केहि खास अवस्थामा जस्तै:- अस्थमा, मुटुरोग, क्यान्सरले ग्रसित व्यक्तिको लागि यस मौसममा केहि समस्या उत्पन्न हुनसक्छ तरपनि केही सावधानीहरू अपनाएमा यी समस्याहरूबाट बँच्न सकिन्छ।

चिकित्सकका अनुसार, जाडो मौसममा अस्थमा रोगीहरूलाई श्वास सम्बन्धि समस्या बढ्छ । यसको साथै क्यान्सर, जोर्नी दुख्ने समस्या भएका व्यक्तिको दुखाई बढ्छ । यसको साथै जाडोमा त्वचा र एलर्जी सम्बन्धि समस्या बढ्छ ।

विशेषज्ञको अनुसार, जाडोमा श्वास नली खुम्चिन थाल्छ र कफ बढ्न थाल्छ । यसको साथै चिसो माहोलको कारण धुवाँ र वातावरणमा घुलेको तत्व पूर्ण रूपमा माथि जान पाउँदैन, जसले एलर्गनको काम गर्छ । यसकारण अस्थमा को समस्या जाडो मौसममा बढी हुन्छ ।

सावधानीहरू-

१-यसबाट बँच्नको लागि घरमा धुलो र धुवाँ रहन दिनु हुँदैन ।

२-पूर्ण रूपमा न्यानो कपडाले आफ्नो शरीरलाई ढाक्नु पर्दछ ।

३- एयरकन्डिशन र तीव्र पंखाको तल बस्नु हुँदैन ।

४-आफ्नो इन्हेलर सधैँ साथमा राख्नु पर्दछ र स्टेरोयडको प्रयोग चिकित्सकको सल्लाह अनुसार गर्नु पर्दछ ।

५-आफ्नो शरीरलाई जति सक्दो न्यानो राख्ने कोशिश गर्नु पर्दछ ।

तपाईको प्रतिक्रिया