एजेन्सी । साउथकी नायिका अनुष्का सेट्ठी रुपकी सुन्दरी मात्रै छैनन् धनकी पनि धनी छिन् । १४० करोड सम्पत्तिको मालिक्नी अनुष्का यसतिबेला आफ्नो सिनियर ड्राइभरलाई १२ लाख मुल्य बराबरको कार उपहार दिएपछि अहिले यत्र तत्र सर्वत्र चर्चामा छिन् । हैदराबादमा बस्दै आएकी अनुष्का पछिल्लो समय बाहुबली सिरिजका कारण चर्चामा भए पनि उनले कैयौँ साउथ फिल्ममा आफ्नो कला देखाइसकेकी छिन् । एमबीएस ज्वेलर्स, द चेन्नई सिल्क, इन्टेक्स मोबाइल’ लगायतका विज्ञापनमा मोडलिङ समेत गरेकी सय सुन्दरीले बाहुबलीका नायक प्रभाषसँग काम होयन बिहे गर्ने तयारी समेत गरेको बताइन्छ । तर बिहेका विषयमा यि दुईले अहिलेसम्म एकसाथ केही प्रतिक्रिया भने दिएका छैनन् ।

तपाईको प्रतिक्रिया