काठमाडौं। युवा राजनीतिज्ञ रञ्जु दर्शनाले नेकपा एमालेलाई एक नम्बरको भ्रष्ट पार्टी भएको आरोप लगाएकी छिन् । राजधानीमा आयोजीत एक कार्यक्रमलाई सम्बोधन गर्दै विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौ महानगरपालिकाको मेयरकी उम्मेदबार रञ्जु दर्शनाले नेकपा एमाले मुलुककै भ्रष्टाचारमा लिप्त भएका पार्टीहरुमध्येको एक भएकाले आँफु भुलेर पनि एमालेमा जान नसक्ने बताइन् । केही समाचार माध्यममा रञ्जु एमालेमा प्रवेश गरेको खबर आएपछि त्यो खबर छुटो भएको प्रष्ट्याउँदै रञ्जुले आँफु भ्रष्टहरुको भिडमा जाने खालको ब्यक्ति र नियत भएको मानिस नभएको बताइन् । डा गोविन्द केसीको अनसनमा ऐक्यवद्धता जनाउँदै आएकी उनले मेडिकल माफियाहरुले सञ्चालन गरेको पार्टी एमाले देशकै भ्रष्ट पार्टी भएको बताउँदै आएकी छिन।

तपाईको प्रतिक्रिया