ताजा खबर :- कयौँ पटक हामी शरीरको अलग-अलग भागको परिवर्तनलाई वेवास्ता गर्छौं । तर कयौँ पटक परिवर्तन कुनै गम्भीर स्वास्थ्य समस्याको संकेत पनि हुनसक्छ । यिनै मध्य एक परिवर्तन शरीर सुन्निने समस्या हो । यदि लामो समय सम्म शरीरको कुनै भाग सुन्निएको छ भने यो कुनै गम्भीर रोगको संकेत हुनसक्छ । यसको सही समयमा चिकित्सक कहाँ जाँच गराउनु पर्दछ । चिकित्सकका अनुसार, शरीरको केही यस्ता परिवर्तन जसलाई वेवास्ता गर्ने गल्ती भूलेर पनि गर्नुहुँदैन ।

१-खुट्टा सुन्निने

यो पेटको क्यान्सर, प्रोटीनको कमी, भेरीकोस भेन्स या फाइलेरियाको समस्याको संकेत हुनसक्छ ।

२-पेट सुन्निने

यो कलेजो समस्या, पेटको क्यान्सर या पेटको टीबीको संकेत हुनसक्छ । यसबाट पेटको चारैतर्फ सुन्निने समस्या हुन्छ ।

३-आँखा सुन्निने

यो एलर्जी, कन्जक्टिभाइटिस, थायरोटोक्सिकोसिस या किड्नीको समस्याको संकेत हुनसक्छ ।

४-जिभ्रो सुन्निने

यो एलर्जी, इन्फेक्शन, एन्जियो डिमा या थाइरोयड ग्लैंड ठूलो हुनुको संकेत हुनसक्छ ।

५-नंग सुन्निने

यो फोक्सोको क्यान्सर, मुटुमा प्वाल हुनु जस्ता समस्याको संकेत हुनसक्छ ।

६-अनुहार सुन्निने

यो किड्नी डिजीज, नाकको साइनसमा इन्फेक्शन या सुर्तीजन्य पदार्थले हुने क्यान्सर हुनसक्छ ।

७-घाँटी सुन्निने

यो गलसुआ, घाँटीको इन्फेक्शन या पेस्कोस्ट्यूमर को संकेत हुनसक्छ । यसमा पुरै घाँटी सुन्निने समस्या हुन्छ ।

८-हात सुन्निने

यो कलेजो, किड्नी या एडियोपैथिक एडिमाको समस्याको संकेत हुनसक्छ । यसमा दुवै हात सुन्निने समस्या हुनसक्छ ।

तपाईको प्रतिक्रिया