काठमाडौँ । प्रचण्डको पार्टी माओवादी केन्द्रका गोरखाका समानुपातिक उम्मेदवार गोरखाबाट पेस्तोल र गोली बरामद गरिएको छ । सुशिला सिम्खडा चढेको मोटरसाईकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज निर्वाचनलाई लक्षित गरी गरिएको सुरक्षा चेकजाँचका क्रममा भिमसेन गाउँपालिका ३ धावाबाट प्रहरीले बा ७३प ३३८३ नम्बरको मोटरसाईकलबाट हतियार फेला पारेको हो । मोटरसाईकल चालक भने चेकजाँच भएको देखेर पेस्तोल भएको झोला फालेर भागेको र उनको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । यद्यपी माओवादीले आफ्ना उमेदवारसाग नभई मोटरसाइकल चालक भिमसेन गाउँपालिका ४ का गुणप्रसाद खनालको साथबाट नौ एमएम पेस्तोल भएको भन्दै आफ्ना उमेदवारको बचाउ गरेको छ । नयाँ शक्तिका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्राईको क्षेत्र गोरखामा काँग्रेसले नयाँ शक्तिलाई सर्मथन गरेसँगै बाम गठबन्धन दबाबमा परेको छ ।

तपाईको प्रतिक्रिया