ताजा खबर :- दूध र खजुर यी दुवै एन्ग्रीडिएन्ट एनर्जीको भरिपूर्ण स्रोत हो । यी दुवै एकैसाथ सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । ग्लूकोज र फ्रक्टोजले भरिपूर्ण खजुर एनर्जीलाई बढाउने राम्रो स्रोत हो । विशेषज्ञको अनुसार, बिहान ब्रेकफास्टको क्रममा खजुर र दूधको मिल्कशेक सेवन अत्यन्तै फाइदाजनक हुन्छ । हुनतः दूधमा कति खजुर हाल्ने यसको मात्रा यसलाई पिउने व्यक्तिको पाचन क्रियामा निर्भर गर्छ ।

-दूध र खजुरमा पाईने आइरनले रगतको कमी अर्थात् एनीमिया हुनसक्ने आशंकाबाट बचाउन मद्दत गर्छ ।

-यसमा प्रशस्त प्रोटीन हुन्छ, जसले मसल्सको विकासमा मद्दत गर्छ ।

-दूध र खजुरको मिश्रण पिउँदा रक्तसंचार सन्तुलित रहन्छ, जसबाट त्वचा निखारिन्छ ।

-यस ड्रिंकमा भिटामिन B6 हुन्छ, जसले दिमागलाई तेजिलो बनाउन मद्दत गर्छ । यसबाट स्मरण शक्ति पनि बढ्छ ।

-यस ड्रिंकमा फोस्फोरस हुन्छ, जसले दाँतलाई बलियो राख्छ । गिजाको लागि पनि यो निकै लाभदायक हुन्छ ।

-यसमा ग्लूकोज, फ्रक्टोजको मात्रा अधिक हुन्छ । यसकारण यसबाट शरीरलाई तुरुन्त एनर्जी मिल्छ ।

-यसमा फाइबरको मात्रा अधिक हुन्छ, जुन डाइजेशनको लागि फाइदाजनक हुन्छ । यसको सेवनले कब्जियतको समस्याबाट छुटकारा मिल्छ ।

-दूध र खजुर दुवैमा क्याल्शियम हुन्छ, जसले जोर्नीको दुखाईबाट आराम दिलाउँछ ।

-५ खजुरलाई १ गिलास दूधमा हालेर हल्का आँचमा १० मिनेट सम्म पकाउनुहोस् । यसलाई मनतातो बनाई पिउनुहोस् ।

तपाईको प्रतिक्रिया