ताजा खबर :- यदि तपार्इँको दिउँसो सुत्ने बानी छ भने त्यो तपाईँको राम्रो बानी हो । सामान्यतया दिउँसो सुत्ने बानी भएका मानिसलाई हामी अल्छी को संज्ञा दिन्छौँ । तर यो अल्छीपना नभयर राम्रो स्वास्थ्यको लागि राम्रो मानिने बताइएको छ । हफिंग्टन पत्रिकामा हालै प्रकाशित एक रिपोर्टका अनुसार दिउँसो केहि समय सुत्ने बानी बसाल्नुपर्छ ।

बैज्ञानिकहरुका अनुसार दिनमा केहि समय निदाउनाले हाम्रो सर्तक रहने र स्मरण शक्ति बढ्ने गर्छ । जसले गर्दा हामी हाम्रो कामलाई सही तरिकाले अघि बढाउन सक्छौँ । हामीले गरेको काममा गल्ती हुने सम्भावना पनि कम हुन्छ ।

-रिपोर्टका अनुसार एक तिहाई अमेरीकन युवाहरु दिनमा केहि समय सुत्ने गर्छन् । जसले गर्दा उनीहरुको स्वास्थ्य राम्रो हुन्छ र काम पनि राम्रो हुन्छ । दिनमा साना बच्चा र अल्छीहरु मात्रै सुत्नुपर्छ भन्ने छैन । सामान्य मानिसहर पनि दिनमा केहि समय सुतेर स्वस्थ र स्फूर्त हुन सक्छन् ।

-दिनमा सुत्दा यदि कसैले अल्कोहलिक पदार्थहरु सेवन गरेको छ भने ऊ लामो समयसम्म निदाउन सक्छ । किनकी दिनमा आधा घण्टाभन्दा धेरै सुत्नु राम्रो हुदैन । त्यसैले दिनमा यस्ता पदार्थहरुको सेवन नगर्नुहोस् ।

-दिउँसो घरमा मात्रै नभयर अफिसमा निदाउन सकिन्छ । किनकी राम्रोसँग आराम गरिसकेपछि जो कोहीले काममा पूरा ध्यान दिन सक्छ । त्यस कारण अहिले त विश्वका केहि देशका कम्पनिहरुले आफ्ना कर्मचारीहरुलाई दिउँसो केहि समय सुत्नको लागि छुट्याउन थालेका छन् ।

-रिपोर्टका अनुसार दिनमा सुत्नु भन्दा पहिले कफि या चिया पिउन सकिन्छ । यसले लामो समय निन्द्रा लाग्न दिदैँन । त्यसमा पनि बिशेषगरि कफीको सेवन आधा घण्टा पछि प्रभावकारी हुने हुँदा दिउँसो कफी सेवन निकै प्रभावकारी मानिन्छ । बिउँझेपछि यसले हामीलाई फ्रेश बन्न मद्दत गर्छ ।

के हुन्छ दिउँसो सुत्दा ?

शास्त्रका अनुसार दिनमा र बेलुका सुल्नुलाई नराम्रो मानिएको छ । स्वास्थ्य सम्बन्धी केहि कारणले पनि यो समयमा सुल्नु नराम्रो मानिन्छ । राम्रो स्वास्थ्यका लागि राम्रो निन्द्रा लिनु आवश्यक हो । सुत्ने कुरालाई शास्त्रसँग पनि जोडिएको छ । शास्त्रमा पनि राम्रो सुताईको फाइदाहरु वर्णन गरिएको छ ताकी मानिसहरूमा सुताईका कारण समस्या नआओस् । शास्त्रमा यस्तो मानिन्छ कि बेलुकाको समयमा धनकी देवी महालक्ष्मी पृथ्वीमा आँउछिन र जो मानिस त्यस समय सुतिरहेको हुन्छ ती मानिसहरूमाथि लक्ष्मीले कृपा नगर्ने बताइन्छ । यसरी लक्ष्मीले नै कृपा नगरेपछी सो व्यक्तिलाई आर्थिक समस्याहरूबाट धेरै जुध्नुपर्ने हुन्छ जसले जीवनमा धेरै समस्याहरू ल्याउने गर्छ ।

यस्तै, स्वास्थ्यका दृष्टिकोणले पनि दिउँसो र बेलुका सुत्ने मानिसमा मोटोपनको समस्या हुनसक्छ । दिँउसो या बेलुका सुत्दा शरिरमा चिल्लो पदार्थको मात्रा बढ्ने चिकित्सकहरू बताउँछन् ।केही मानिसहरू खाने बित्तिकै सुत्ने पनि गर्छन् जसले गर्दा खाएको खाना राम्रोसँग पच्न नपाउने र त्यसले पेट सम्बन्धी अनेक बिमारीका लागी सहयोग गर्छ । बेला न कुबेला सुत्दा हाम्रो कार्यक्षमतामा पनि नकारात्मक प्रभाव पर्न जान्छ साथै दिउँसो सुत्दा अल्छिपन बढ्ने गर्छ ।

शास्त्रमा बताइए अनुसार दिउसो या बेलुका त्यही व्यक्तिमात्र सुत्न सक्छ जो व्यक्ति कुनै रोगका कारण पिडित छ या कुनै महिला गर्भवती छिन् भने पनि उनी दिउसो सुत्न सक्छिन् । यी बाहेक अन्य स्वस्थ्य व्यक्ति दिउँसो या बेलुका सुते धनसम्बन्धी समस्याहरू पर्ने र बढी तनावमा रहनुपर्ने हुन्छ जसले मानिसलाई प्रत्यक्ष९अप्रत्यक्ष रूपले स्वास्थ्य समस्या पनि पर्न सक्छ ।

दिउँसो र बेलुका सुत्दा राती राम्रोसँग निन्द्रा नपर्ने हुनाले त्यसको भोलिपल्ट दिनभर नै शरिरमा फूर्ती आउँदैन शरिर पुरै आलस्य हुन्छ । यसले शरिरकामाशंपेशीले पनि राम्रोसँग काम नगर्ने तथा मानसिक तनाव समेत हुने गर्छ ।

माइग्रेनको समस्या

शरीरमा भिटामिन ‘के’को कमीका कारण माइग्रेनको समस्या निम्तिन सक्छ । यो बच्चा र युवा दुवैमा हुन सक्छ । अमेरिकास्थित सिसिनाटी चिल्ड्रेन्स हस्पिटल मेडिकल सेन्टरका शोधकर्ताहरूले माइग्रेनका बिरामीमाथि एक अध्ययन गरेका थिए । अध्ययनअनुसार भिटामिन डी, राइबोफ्लेविन तथा कोएन्जाइम क्यु–१० को कमी माइग्रेनको समस्याका कारण बनेको देखियो । विज्ञहरूले भिटामिन बी–२ भरपूर पाइने दूध, बदाम, पनिरले अंगका कोषिकामा ऊर्जा दिएर माइग्रेनबाट बचाउन मद्दत गर्छ ।

डायबिटिजको खतरा

दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा बढी हुन सक्छ । युनिभर्सिटी अफ टोक्योका अनुसन्धानकर्ताले हालसालै तीन लाख व्यक्तिमा गरेको अध्ययनले दिउँसो एक घन्टाभन्दा बढी सुत्दा धेरै नोक्सान हुने चेतावनी दिएको छ । अध्ययनअनुसार दिनमा हुने लामो निद्राले रातको निद्रामा गम्भीर बाधा निम्त्याउँछ । यसले मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक र डायबिटिजको खतरा बढ्छ ।

ब्लडसुगरको स्तर असामान्य

दिनभरि सुत्दा रातमा निद्रा लाग्दैन । रातमा निद्रा पूरा नहुँदा भोक धेरै लाग्छ र यसले ब्लडसुगरको स्तर असामान्य गराइदिन्छ । डायबिटिज वा मोटोपनका कारण लिभर क्यान्सरको खतरा रहन्छ । डायबिटिज टाइप टु रोगीको अत्यधिक तौल लिभर क्यान्सरका कारण बन्न सक्छ । सामान्यतः महिलाको कम्मरको मोटाइ ३० र पुरुषको ३४ इन्चभन्दा माथि हुनुहुँदैन । अमेरिकन क्यान्सर सोसाइटीको एक अध्ययनले कम्मरको मोटाइ आवश्यकभन्दा ५ सेन्टिमिटर बढे पनि क्यान्सरको आशंका ७ प्रतिशतले बढ्न जान्छ ।

लिभर क्यान्सरको खतरा

बिएमआई (बडी मास इन्डेक्स) ३७ भन्दा धेरै हुँदा लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ ।-पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया