ताजा खबर :- लगातार काम गर्नुको कारण कयौँ मानिसलाई थकान महसूस हुनथाल्छ । तर यदि यो समस्या लामो समय सम्म बनिरहेमा कुनै रोगको संकेत हुनसक्छ । यस अवस्थामा चिकित्सक कहाँ जाँच गराउन आवश्यक हुन्छ । चिकित्सकका अनुसार, थकान महसूस हुनुको मुख्य ७ कारण यस्ता छन् ।

१-हाइपोथायराइडिज्म

यो रोग हुँदा शरीरलाई प्रयाप्त एनर्जी प्राप्त हुँदैन । यस्तो स्थितिमा थोरै काम गर्दा पनि थकान र कमजोरी महसूस हुनथाल्छ ।

२-एनीमिया

एनीमियाको समस्या हुँदा शरीरमा रेड ब्लड सेल्स कमी हुनथाल्छ । यस्तो स्थितिमा शरीरलाई प्रयाप्त अक्सीजनको आपूर्ति हुन पाउँदैन्, जसको कारण चाँडो थकान महसूस हुनथाल्छ ।

३-हाइपरटेन्शन

शरीरको रक्तसंचार बढ्दा हाइपरटेन्शन(हाई BP) को समस्या हुनथाल्छ । यसकारण थकानको समस्या पनि हुनथाल्छ ।

४-डायबिटीज

यो रोग हुँदा शरीरमा ग्लूकोजको सही तरिकाले प्रयोग हुन् पाउँदैन । यसबाट शरीरलाई प्रयाप्त एनर्जी प्राप्त हुँदैन, जसका कारण थकान महसूस हुन्छ ।

५-हर्ट डिजीज

यस रोगमा रगत र अक्सीजनको आपूर्ति ठीक तरिकाले हुँदैन । यस अवस्थामा चाँडो थकानको समस्या बढ्छ ।

६-डिप्रेशन

डिप्रेशनको कारण भोक, प्यास र निन्द्रामा असर पर्छ । यस्तो स्थितिमा शरीरमा थकान महसूस हुनथाल्छ ।

७-ऑर्थराइटिस

यस समस्यामा शरीरमा एनर्जीको कमी हुनथाल्छ, जसका कारण थकानको समस्या बढ्न सक्छ ।

तपाईको प्रतिक्रिया