एजेन्सी । अमेरिकाको भर्जिनियाको सिआईए (सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी) ले बम बारुद नसुँघेको भन्दै एक कुकुरको जागिर गएको छ । लुलु नाम गरेको लाब्राडोर प्रजातिको कुकुर केही हप्तादेखि सिआईएको बम बारुद भेट्टाउने काममा मन नलगाएपछि उक्त कुकुरको जागीर खोसिएको समाचारमा उल्लेख छ । समाचारमा जनाइए अनुसार लुलुलाई खानेकुरा खुवाएर र खेल्न दिएर समेत उसलाई प्रेरित गर्दा काममा मन नदिएपछि जागीरबाट बर्खास्त गरिएको हो ।

सिआईएका अनुसार लुलुलाई उक्त घटनापछि सामान्य कुकुरका रुपमा एक मानिसले घरमा लगेका छन् । अब लुलु घरमा बसेर बगैंचामा खरायो र लोखर्के धपाउँदै बस्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया