एजेन्सी । २८ वर्ष अघि रिलिज भएको ‘सड़क’ चलचित्र ‘सडक’को रिमेकमा सिद्धार्थ र आलियाले रोमान्स गर्ने भएका छन् । सन् १९९१ मा रिलीज भएको फिल्म ‘सड़क’को रिमेक आउने भएपछि आलिया सिद्धार्थ मात्र होइनन् दर्शक पनि उत्साहित भएको भारतयि अनलाइन आजतकले लेखेको छ । ‘सड़क’ को रिमेकको काम तिव्र गतिमा अघि बढेको बताइएको छ । पूजा भट्ट र सञ्जय दत्तको मुख्य भूमिका रहने फिल्ममा सिद्धार्थ मल्होत्रा र आलिया भट्ट पनि दमदार भूमिका रहने बताईएको छ । मोहित सूरीको फिल्म ‘आशिकी–३’ ढिला गरि निर्माण गरिने भएपछि सिद्धार्थ र आलिया ‘सडक’को रिमेकमा देखिने भएका हुन् ।

तपाईको प्रतिक्रिया