एजेन्सी । इरानकी एक महिलाका कारण उडिरहेको कतार एयरवेजको विमान आकस्मिक अवतरण गरिएको छ । दोहाबाट इन्डोनेसियाको बालीतर्फ गइरहेको विमानमा सवार इरानी महिला र उनका श्रमिान्बिचको झगडाले उग्र रुप लिएपछि ३३ हजार फिटको उचाईमा उडिरहेको विमान भारतको चेन्नईस्थित विमानस्थलमा आकस्मिक अवतरण गरिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

झगडाको कारण थियो पतिको मोवाइल । उनको मोबाइल ‘चेक’ गर्दा मोबाइलमा केही सन्देहास्पद सामाग्री फेला परे लगत्तै विमानमा नै झगडाले उग्र रुप लिएपछि विमानलाई भारतको चेन्नईस्थित विमानस्थलमा आकस्मिक अवतरण गराएर विमान आफ्नो गन्तब्यतिर उडेको थियो । पछि ती दम्पत्तीलाई क्वालालम्पुर जाने विमानबाट पठाइएको चेन्नई विमानस्थलका अधिकारीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया