काठमाडौँ । अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राईको दमदार अभिनय रहेको फिल्मको ‘कान्छी’ को ‘चरी चट्ट’बोलको गीत ट्रेन्डिङ नम्वर एकमा पर्न सफल भएको छ । युट्युबमा रिलिज भएको ३ दिनमै यो गीत नम्वर एकमा पर्न सफल भएको हो । यो गीतलाई करिब १० ले हेरेका छन् । गीतमा राजनराज शिवाकोटीको शब्द तथा स्वर रहेको छ । स्वरमा उनलाई अञ्जु पन्तले साथ दिएकी छिन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राईको नृत्य समाबेश छ ।चलचित्रमा पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी, शम्भुजित बास्कोटा, राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत छ । आकाश अधिकारी निर्देशित ‘कान्छी’मा श्वेता शीर्ष भूमिकामा प्रस्तुत भएकी छिन् ।

तपाईको प्रतिक्रिया