एजेन्सी । तपाईको शरीरमा कोठी छ की छैन ? शरीरका कोठीलाइ भाग्यसँग पनि जोड्ने गरेका पाइन्छ । भारतीय समाचार माध्यमहरुले कहाँ कोठी हुने ब्यक्ति कस्ता हुन्छन् भन्ने आधारमा रोचक जानकारी प्रस्तुत गरेका छन् । दाहिने गालामा कोठी हुनेहरु भाग्यमानी हुने विश्वास गरिन्छ । तर आँखाबाट झरेको आँशुले स्पर्श गर्ने ठाउँमा कोठी भएका मानिसहरु भने भाग्यशाली नहुने ज्योतिष विश्वास रहेको पाइन्छ । त्यस्तै बायाँ आखाँको ढकनीमा कोठी हुनेहरुको वैवाहिक जीवन सुखी नहुने बताइन्छ । त्यसै गरी निधारमा कोठी हुनेलाई वलमान मान्ने गरिएको छ । पुरुषको चिउँडोमा कोठी छ भने उसले श्रीमतीलाइ माया नगर्ने बताइनछ ।

तपाईको प्रतिक्रिया