काठमाडौँ । बेलायतकी महारानी एलिजावेथलगायत संसारका धनी र शक्तिशाली व्यक्तिहरुले भ्रष्टाचार गरेको धन लुकाउने र कर छल्ने उद्देश्यले बाह्य मुलुकमा लगानी गरेको खुलासा भएको छ । ‘प्याराडाइज पेपर्स’ नाम दिइएको अनुसन्धानमा १ करोड ३४ लाख कागजपत्रको अध्ययनपछि आर्थिक अपराधको रहस्योदघाटन गरिएको हो । आइतबार राति सार्वजनिक गरिएको इन्टरनेशनल कन्सोर्टियस अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस्को संक्षिप्त विवरणमा बेलायती महारानी, अमेरिकी वाणिज्यमन्त्री सहित विभिन्न १ सय २० राजनीतिककर्मी रहेको खबर आजको कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया