ताजा खबर :- हामी अनुहारको चमक बढाउनका निमित्त बजारमा उपलब्ध विभिन्न किसिमको सौन्दर्य प्रशाधनको प्रयोग गर्छौँ या अन्य घरेलू उपाय अपनाउने गर्दछौँ । कयौं पटक अनुहारमा केही यस्ता चीज पनि लगाउने गर्दछौँ, जसले फाइदा कम नोक्सान बढी पुर्याउँछ । यसकारण कयौँ पटक हामी आफ्नो अनुहारमा यस्ता चीजको प्रयोग गर्ने गर्छौं, जसको कारणले त्वचामा नोक्सान पुग्छ ।

हामीले अनुहारमा के प्रयोग गर्दैछौँ, यसको बारेमा जानकारी राख्न आवश्यक हुन्छ कि यसबाट लाभ मिल्छ । आज हामी केही यस्ता चीजहरूको बारेमा चर्चा गर्दैछौँ, जो त्वचाका लागि हानिकारक हुन्छ ।

बोडी लोशन

यसको प्रयोगले त्वचा नरम हुन्छ, तर यसलाई अनुहारमा लगाउनु हुँदैन । यसबाट अनुहार कालो हुनसक्छ ।

भेसलीन

त्वचाको रूखोपन हटाउनको लागि कतिपय मानिसले भेसलीन लगाउने गर्दछन् तर यसबाट धूलो कण त्वचामा टासिन्छ, जसको कारणले स्किन पोर्स बन्द हुन्छ ।जसको कारण त्वचा सम्बन्धि समस्या उत्पन्न हुन्छ ।

सिरका

कतिपय मानिसले अनुहारको दाग-धब्बा हटाउनका लागि सिरकाको प्रयोग गर्ने गर्दछन्, तरपनि उनीहरूलाई थाहा हुँदैन कि यसको प्रयोग कसरी गर्नुपर्दछ । जसको कारणले चिलाउने र रेशेजको समस्या हुन्छ । यसकारण सधैँ सिरकालाई पानीमा मिलाएर प्रयोग गर्नुपर्दछ ।

बीयर

यदि तपाई बीयरको प्रयोग गर्नुहुन्छ भने एकपटक अवश्य सोच्नुहोस् । यसमा भरिपूर्ण मात्रामा एसिड पाईन्छ । जसको कारणले त्वचा सुख्खा हुने र पोल्ने समस्या हुन्छ ।

बेकिंग सोडा

बेकिंग सोडालाई सधैँ पानीमा मिलाएर लगाउनुहोस् नत्र अनुहारमा डन्डीफोर र दाग-धब्बाको समस्या उत्पन्न हुनसक्छ ।

पुदिना

पुदिना स्वाथ्य र सौन्दर्य दुवैको लागि फाइदाजनक हुन्छ तर यसको सही तरिकाले प्रयोग गर्नुपर्दछ । कतिपय मानिसले यसको पातलाई फेस मास्कको रूपमा प्रयोग गर्छन । जसको कारण अनुहारमा रातो हुने र डन्डीफोरको समस्या देखापर्छ ।

टूथपेस्ट

अनुहारमा भूलेर पनि टूथपेस्ट लगाउनु हुँदैन । यसबाट त्वचा सुख्खा हुनुको साथै चाउरीपनको समस्या उत्पन्न हुनसक्छ ।

तपाईको प्रतिक्रिया