ताजा खबर :- पेट नै हरेक रोगको जरा हो । बढीजसो रोग पेट खराब हुनुको कारण हुन्छ । यदि पेट खराब भएमा पुरै शरीर गडबड हुन्छ । पेट फुल्लिने, दुख्ने, अपच, ग्यास्ट्रिक वायु गोला, रगतको दिसा, पातलो दिसा र रगतमासी र पेट मोडिने समस्या हुनसक्छ ।

सामान्य पेटको दुखाई

पेटमा सामान्य दुखाई हुनुको मुख्य कारण अधिक खट्टो-पिरो चीज खानु र पिउनुको कारणले पेटमा ग्यास्ट्रिक हुनु, मल रोकिनु र आन्द्रा खराब आदि ।

पेटमा दुखाई हुनुको मुख्य लक्षण

-माल त्याग गर्न कठिन हुनु,

-पेटमा गडबडी हुनु अथवा गडगडाहटको आवाज आउनु,

-खट्टो डकार आउनु,

-पेट फुल्लिनु,

-पेटमा तीव्र दुखाई हुनू आदि मुख्य लक्षण हुन्छ ।

पेटको रोगको उपचार

-आयुर्वेदिक उपचारले पेटको रोगहरूबाट मुक्ति दिलाउन सक्छ ।

-पेटमा सधैँ घीउले मालिश गर्नुहोस् ।

-राती सुत्नु अघि दूधमा महलाई मिलाएर सेवन गर्नुहोस् ।

-रातीको समयमा एक चम्मच इसबगोलको पाउडर दूधमा मिलाएर पिउनुहोस् ।

-एक गिलास दूधमा लसुनको रसको केही थोपा मिलाएर पिउँदा वायु गोला अर्थात् पेटको ग्याँसबाट छुटकारा मिल्छ ।

-सधैँ हल्का खाना खानुहोस् ।

-खट्टो-पिरो चीजको सेवन निकै कम गर्नुहोस् ।

-अधिक मात्रामा पानीको सेवन गर्नुहोस् । पानी पिउँदा पेटको फोहोर मल बाहिर निस्किन्छ, जसको कारणले पेटमा हुनसक्ने रोग सजिलै निको हुन्छ ।

तपाईको प्रतिक्रिया