ताजा खबर :- हाम्रो भान्साघरमा प्रयोग हुने मसला मध्य एक धनिया हो । धनियाको प्रयोग खाना स्वादिष्ट बनाउनका लागि गरिन्छ । धनियाले खानालाई स्वादिष्ट बनाउने मात्र नभई यसमा कयौँ औषधीय गुण पनि पाइन्छ । जब हामी सब्जी र दालमा धनियाको प्रयोग गर्छौँ तब यो हेर्दा निकै सुन्दर लाग्छ ।

यदि हामी धनियालाई प्रयोगमा ल्याइरहेका छौँ भने यो कुरामा पनि विशेष ध्यान पुर्याउनु पर्दछ कि यो एकदम सफा र यसमा माटोको कण हुनु हुँदैन किनकि यसले विभिन्न रोगहरू निम्त्याउन सक्छ । धनियाको फाइदाहरू यसप्रकार छन् धनियाको लाभ

आँखा पोल्ने समस्या

आँखा पोल्ने समस्याबाट छुटकारा पाउनका लागि मिश्री, सौफ, धनियाको बियाँ बराबर मात्रामा लिई यसको चूर्ण तयार गर्नुहोस् र यस चूर्णको सेवन भोजन पश्चात् गर्नुहोस् । यसको सेवनले आँखा, हात, खुट्टा पोल्ने समस्याबाट छुटकारा मिल्छ र साथै टाउको दुख्ने समस्याबाट पनि आराम मिल्छ ।

ग्यास्ट्रिकको समस्या

ग्यास्ट्रिकबाट आराम पाउनका लागि धनियाको चियाको सेवन गर्नुपर्दछ, जसमा २ कप पानीमा जीरा, धनिया, चियापत्ती र सौफ हालेर केही समय सम्म पकाउनुहोस् र यसमा चीनी हाल्नुहोस् । यसमा चीनीको साटोमा महको प्रयोग पनि गर्न सकिन्छ । यसको सेवन गर्नाले पाचन सम्बन्धि समस्याहरूबाट आराम मिल्छ ।

पत्थरीको समस्या

पत्थरीको समस्या हुँदा धनियाको पातलाई उमालेर छान्नुहोस् र यसको सेवन खाली पेट गर्नुपर्दछ । यसो गर्दा पेटको पत्थरी पिसाबको माध्यमले बाहिर निस्किन्छ ।

डन्डीफोरको समस्या

डन्डीफोर र अनुहारबाट कालो धब्बा हटाउनको लागि धनियाको पातलाई पिसेर यसला बेसार मिलाएर यसको पेस्ट तयार गर्नुहोस् । यस पेस्टलाई दिनमा २ पटक लगाउनुहोस् । यसो गर्दा डन्डीफोर र कालो धब्बाको समस्याबाट छुटकारा मिल्छ ।

मुखको घाउ

मुखको घाउ निको पार्नका लागि धनिया निकै फाइदाजनक हुन्छ । धनियामा जो एन्टीसेप्टिक गुण हुन्छ, यसले मुखको घाउ निको पार्न मद्दत गर्छ ।

कपाल झर्ने

टाउकोको कपाल झर्ने समस्या हुँदा धनियाको रस निकालेर आफ्नो टाउकोमा लगाउनुहोस् र टाउकोलाई केही समय पछि धुनुहोस् । यसबाट कपाल झर्ने समस्या कम हुन्छ ।

अनिन्द्रा 

अनिन्द्राको समस्या हुँदा धनियामा मिश्री मिलाएर यसको चट्नी बनाउनुहोस् । यसको सेवन दिनमा दुई पटक गर्नुहोस् । यस उपायले तपाईलाई राम्रो र गहिरो निन्द्रा आउँछ ।

पेटको गर्मी

पेटमा गर्मी हुँदा पटक-पटक पखला लाग्ने समस्या हुन्छ, जसको लागि ५० ग्राम हरियो धनियालाई पिसेर यसलाई पानीमा मिलाएर सेवन गर्दा यस समस्याबाट बँच्न सकिन्छ । यसको सेवन दिनमा २ पटक गर्नु पर्दछ ।

अर्थराइटिस

धनियामा पाईने गुणले अर्थराइटिसको समस्या ठिक गर्छ ।

घाउ चाँडो भर्छ

धनियामा एन्टी-सेप्टिक गुण हुन्छ, जसले चोट र घाउ चाँडो भर्छ । यदि मुख सम्बन्धि घाउ भएमा धनियाको रस पिउनुहोस् ।

नर्भस सिस्टम

धनियाको पात खाँदा मानिसको नर्भस सिस्टम ठिक रहन्छ ।

अल्जाइमर

धनियाको सेवनले अल्जाइमरको समस्या ठीक हुन्छ ।

तपाईको प्रतिक्रिया