ताजा खबर :-व्यस्त जीवनशैलीका कारण अधिकांश पुरुषलाई थाहा नै हुँदैन कि शरीरमा रगतको कमी हुँदैछ । एक अनुसन्धानका अनुसार पुरुषमा रगत रगतको कमी अधिक हुँदैछ र बिस्तारै-बिस्तारै उनीहरूको शरीर खराब हुँदै गईरहेको छ । जसको थुप्रै कारण छन् । शरीरमा रगत विभिन्न किसिमको तत्वहरूबाट बन्छ । दैनिक व्यस्त दिनचर्याको कारण शरीरलाई प्रोटीनको प्रयाप्त मात्रा प्राप्त नहुँदा रगतको कमी हुँदैछ ।

सही जानकारीको राखी सावधानी अपनाउन सकेमा यस समस्याबाट बँच्न सकिन्छ । यसकारण रगत बढाउने चीजहरूको सेवन गर्न आवश्यक हुन्छ । यदि कुनै रोगको कारणले रगतको कमी भएको छ भने यसको उपचार गर्नुपर्दछ तरपनि अधिकांश समस्याहरू उचित पोषणको कमीले हुन्छ ।

शरीरमा रगत बढाउने आहारहरू:-

केरा

केरामा पाईने प्रोटीन, आइरन र खनिजले शरीरमा रगत बढाउँछ । यसकारण दूधको साथमा हरेक बिहान केराको सेवन गर्नुहोस् । केरा अल्सर, मृगौला सम्बन्धि रोग, पेचिश र आँखाको समस्याको लागि पनि निकै प्रभाकारी उपाय मानिन्छ ।

पालक

पालकलाई आयुर्वेदिक र आधुनिक चिकित्सामा रगत बढाउने आहार भनिन्छ । यदि तपाई केही दिनसम्म पालकको रसको सेवन गर्नुहुन्छ भने यसले रगतको कमीलाई पुरा गर्छ । यसले हिमोग्लोबिनलाई बढाउँछ किनकि यसमा आइरन प्रशस्त मात्रामा हुन्छ । कुनै पनि रोगको कारणले शरीरमा रगतको कमी भएमा पालकको पातलाई राम्रो सँग पानीमा धोएर यसको जूस निकालेर नियमित रूपमा बिहान-साँझ पिउनुहोस् ।

मेथी

रगतको कमीलाई हटाउनको लागि मेथी नियमित सेवन गर्नुहोस् । यसले रगत शुद्ध गर्नुको साथै स्वास्थ्यको लागि पनि निकै फाइदाजनक हुन्छ । आइरनको अधिकताको कारण यसले शरीरमा हिमोग्लोबिनलाई सन्तुलित राख्छ ।

चुकुन्दर

जुन पुरुषलाई रगतको कमी हुन्छ, उनीहरूले चुकुन्दरको रसलाई गाँजरको रसमा मिलाएर पिउनुहोस् । सलाद या सब्जीको रूपमा चुकुन्दरको सेवन गर्न सकिन्छ । यसले शरीरमा रगतको कमीलाई पुरा गर्नुको साथै ग्यास्ट्रिकको समस्याबाट पनि मुक्ति दिलाउँछ । पुरुषको त्वचालाई जवान बनाई राख्न यसको महत्वपूर्ण भूमिका हुन्छ ।

उखु

उखुको जूस पिउँदा रगत सफा हुन्छ । रगतको कमीलाई हटाउनको लागि उखुको ताजा जूस सेवन गर्नुपर्दछ ।

बदाम

बदाममा पाइने भिटामिन र आइरन शरीरमा कपर(Copper) बनाउँछ, जसले रगतमा पाईने कणहरूको कमीलाई हटाई यसलाई सफा गर्छ । यसकारण पुरुषले बदामको अधिक सेवन गर्नु पर्दछ ।

टमाटर

टमाटर रोगहरूसँग लड्नका लागि शरीरको प्रतिरोधक शक्ति बढाउँछ । टमाटरको सेवनले रगतको कमी हुँदैन । टमाटरको सूप या टमाटर खाँदा रगतको मात्रा शरीरमा बढ्छ । टमाटरमा आइरनको मात्रा अधिक हुन्छ ।

अमला

शरीरमा रगतको मात्रालाई बढाउन अमला एक अति नै प्रभावकारी फल हो । यसमा भिटामिन सी पाईने हुँदा स्वास्थ्यलाई कहिलै खराब हुन दिँदैन ।

गाँजर

गाँजरमा आइरनको मात्रा सबैभन्दा बढी हुन्छ । गाँजर सेवनले शरीरमा तुरुन्त रगतको मात्रा बढाउन मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया