ताजा खबर :- अधिकांश मानिसले अनुहारको अनावश्यक रौँ हटाउनका लागि थ्रेडिंग र भेक्सिङ्गको मद्दत लिने गर्छन । यसले उनीहरूको अनुहारबाट रौँ त निस्किन्छ तर यसो गर्दा हरेक महिना हुने खर्च र लामो समय पछि हुने साइड इफेक्टको बारेमा तपाईलाई जानकारी नहुन सक्छ ।

जब नियमित रूपमा यसको प्रयोग गर्नुहुन्छ तब केही समय पछि चाउरीपनको समस्या उत्पन्न हुन्छ । कपला हटाउने उपायमा केही घरेलू उपायको प्रयोग पनि गर्न सकिन्छ । तपाईको अनावश्यक रौँ हटाउन अण्डा, बेसार, बेसन, चीनी, काँचो मेवा आदि निकै उपयोगी सावित हुनसक्छ । यसको विस्तृतमा जानकारी यस्तो छ ।

अनुहारको अतिरिक्त रौँ हटाउने उपाय

बेसारको प्रयोग

बेसार एक राम्रो एन्टीसेप्टिक हुनुको साथै अतिरिक्त रौँ हटाउनको लागि पनि उपयोगी सावित हुन्छ । यसको अनुहारमा प्रयोग गर्नाले अनुहारमा रौँ उम्रने कार्य कम हुन्छ र त्वचाको रंग पनि निखारिन्छ । यसको लागि हरेक दिन बेसारको लेप अनुहारमा लगाउनु पर्दछ ।

अण्डा

अण्डाको प्रयोग अनुहारमा मास्कको रूपमा गर्न सकिन्छ । यसको उअप्योग गर्नाले अण्डाको सेतो भागलाई फिटेर आफ्नो अनुहारमा लगाउनुहोस् र सुकेपछि अनुहारलाई मनतातो पानीले धुनुहोस् । यसबाट अनावश्यक रौँ र चाउरीपनको समस्याबाट आराम मिल्छ ।

मकैको पिठो

मकैको पिठोको प्रयोग अनावश्यक रौँबाट छुटकारा पाउन सकिन्छ । यसको उपयोग स्क्रबको रूपमा गर्नुपर्दछ । यसको लागि एक अण्डाको सेतो भाग, थोरै चीनी, मकैको पिठोलाई मिलाएर स्क्रब तयार गर्नुहोस् । यसलाई अनुहार र गर्दनमा लगाएर १५ मिनेट सम्म मसाज गर्नुहोस् । सुकेपछि पानीले अनुहार सफा गर्नुहोस् । यस विधिलाई हप्तामा तीन पटक प्रयोग गर्नुहोस्

बेसनको प्रयोग

बेसन अनुहारलाई मुलायम बनाउनुको साथै अनावश्यक रौँको समस्याबाट पनि छुटकारा दिलाउँछ । यसको लागि थोरै बेसन,, थोरै बेसार र थोरै पानी मिलाएर प्याक बनाएर लगाउनुहोस् र सुकेपछि अनुहारलाई पानीले धुनुहोस् । यस प्याकलाई तपाईले दिनहुँ लगाउन सक्नुहुन्छ ।

चीनीको प्रयोग

चीनी स्वादको लागि मात्र प्रयोग नभई अनुहारको मृत त्वचालाई हटाई अनावश्यक कपाललाई जरै देखि निकाल्छ । यसको लागि अनुहारलाई पहिले पानीले भिजाउनुहोस् र यसपछि अनुहारमा चीनी लगाएर रगड्नुहोस् । यस विधिलाई हप्तामा दुई-तीन पटक गर्न सकिन्छ ।

नरिवल तेलको प्रयोग

यदि तपाईको त्वचाबाट अनावश्यक कपाल रौँ चाहनुहुन्छ भने नरिवल तेलको प्रयोग गर्न सकिन्छ । यसको लागि मनतातो नरिवल तेलमा थोरै बेसार मिक्स गर्नुहोस् । यस पेस्टलाई आफ्नो हात र खुट्टामा लगाउनुहोस् । यसले तपाईको त्वचा मुलायम हुनुको साथै अनावश्यक रौँको समस्याबाट पनि छुटकारा दिन्छ ।

तपाईको प्रतिक्रिया