ताजा खबर :- हाम्रो शरीरको आँखा सबैभन्दा सुन्दर र कोमल भाग हुन्छ, जसले मुटुको खबरलाई बिना संकेत नै बायान गर्छ । हाम्रो अनुहारमा सबैभन्दा सुन्दर र सबैभन्दा आकर्षित आँखा हुन्छ । शरीरको अन्य अंग जस्तै यसको हेरचाह पन अति आवश्यक हुन्छ । आँखालाई सही तरिकाले हेरचाह गर्नुको साथै आँखालाई आकर्षित र सुन्दर बनाउन पनि अति नै आवश्यक हुन्छ । आज हामी आँखालाई आकर्षित गर्ने उपायको बारेमा जानकारी प्रदान गर्दैछौँ, जुन यस्ता छन् ।

आँखाको लागि गुलाबजलको प्रयोग

राती सुत्नुअघि आफ्नो आँखामा गुलाब जलको दुई थोपा हालेर सुत्नुपर्दछ । यसो गर्दा भोलिपल्ट बिहान तपाईको आँखामा ताजापन देखिन्छ ।

बदामको तेलले मालिश

यदि तपाईको आँखाको तल कालो धब्बा र रूखोपन भएको छ भने नियमित रूपमा बदाम तेलले आँखाको वरिपरी सुद्ध बदमको तेलले मालिश गर्नुपर्दछ । यसको लागि रंग फिंगरको प्रयोग गर्नुपर्दछ । यस कुरालाई ध्यान राख्न पनि अति आवश्यक हुन्छ कि तपाई केवल एकै दिशामा मालिश गर्नुहोस् । मालिश गर्नको लगभग पन्ध्र मिनेट भिजाएको कपासले आफ्नो आँखालाई सफा गर्नुहोस् । यसबाट तपाईको आँखा सदैव आकर्षित बन्छ ।

केसरको उपयोग

आँखालाई आकर्षित गर्ने एक उपाय कसरको उपयोग पनि हो । यसको लागि कसरको केही रेशा गुलाब जलमा एक घण्टाको लागि भिजाउनुहोस् । यसमा काट्नलाई राम्रो सँग भिजाएर आँखा बन्द गरी यसलाई आँखामा लगभग पाँच मिनेटसम्म राख्नुहोस् । यसो गर्दा आँखाको तल कालो घेरा कम हुनथाल्छ र तपाईको आँखा आकर्षित बन्न थाल्छ ।

मेकअप हटाउनुहोस्

राती सुत्नु अघि आफ्नो आँखाको मेकअप अवश्य हटाउनुहोस् । क्लेजिंग मिल्क आँखाको वरिपरी मल्नुहोस् र कपासलाई भिजाएर यसलाई पोछ्नुहोस् ।

मेवाको प्रयोग

आँखालाई आकर्षित गर्नको लागि पाकेको मेवाको गुदीलाई राम्रो सँग मुछ्नुहोस् र यसमा एक थोपा मह मिलाउनुहोस् । अब यसलाई आफ्नो आँखाको वरिपरी लगाएर काक्राको टुक्रा राख्नुहोस् र पाँच मिनेट पछि यसलाई हटाउनुहोस् । यसबाट आँखाको त्वचामा अतिरिक्त निखार आउँछ ।

मह र अण्डाको प्रयोग

थोरै महमा अण्डाको सेतो भाग मिलाउनुहोस् र यसलाई आँखाको चारैतिर लगाउनुहोस् । बीस मिनेट पछि यसलाई चिसो पानीले धुनुहोस् । यो आँखाको तल हुने कालो घेरालाई हटाउन मद्दत गर्छ ।

पर्याप्त निन्द्रा

आँखाको सुन्दरताको लागि आँखालाई आरामको निकै आवश्यकता हुन्छ । सुतेको समयमा आँखा बन्द हुन्छ, जसका कारण यसलाई प्राकृतिक मोइश्चराइजर मिल्छ, यसकारण कम्तीमा ८ घण्टाको प्रयाप्त निन्द्रा लिनुपर्दछ ।

बदाम र दूधको पेस्ट

बदाम र दूधलाई मिलाएर एक पेस्ट तयार गर्नुहोस् र यसलाई आँखाको तल कम्तीमा बीस मिनेट सम्म लगाएर राख्नुहोस् र चिसो पानीले यसलाई धुनुहोस् । यसले आँखाको कालो घेरालाई हटाई आँखालाई आकर्षित बनाउँछ ।

तपाईको प्रतिक्रिया