पुरुषका लागि अब गोरोपन पाउन कुनै कठिन छैन । आजकल पुरुष पनि गोरो त्वचा पाउन चाहन्छन् । तर महिलाको तुलनामा पुरुषको लागि गोरो हुने उपाय निकै कम हुन्छ । पुरुषको सबैभन्दा ठूलो समस्या भन्नु नै अनुहारमा दाह्री र जुँघा हुनु हो । जसका कारण गोरोपन पाउन कठिन हुनसक्छ र साथै अनुहारको त्वचा टैन हुनसक्ने सम्भावाना पनि रहन्छ । पुरुष प्रायजसो धूलो र प्रदुषणको सामना बढी गर्छन्, जसको कारणले उनीहरूको त्वचामा कालोपन बढ्छ । आयुर्वेदिक उपचारका आनुसार, केही प्रभावकारी र सजिला उपाय छन्, जसको मद्दतले पुरुषको त्वचाको रंगमा निखार आउन सक्छ ।

गोरो हुने उपाय- दुई पटक सफा पानीले अनुहार धुनुहोस्, दिनमा दुई पटक दिनहुँ अनुहार सफा पानी धुनुहोस् । कागती र एलोभेराको फेश-वाशले दिनमा दुई पटक अनुहार राम्रो सँग सफा गर्नुहोस् । यसको नियमित रूपमा प्रयोग गर्नाले अनुहारमा नरमपन र चमक आउन थाल्छ ।

त्वचाको सफाई एक कटौरामा कागतीको रस निकालेर कटनको सहायताले आफ्नो अनुहारमा लगाएर १५ मिनेट सम्म छोड्नुहोस् । यो एक प्राकृतिक ब्लीच हो, जसबाट पुरुषको त्वचामा चमक आउँछ । यसले अनुहारको कालो धब्बा र डन्डीफोरको समस्यालाई कम गर्छ ।

त्वचाको सौन्दर्य प्रशाधनको सावधानीपूर्वक छनौट पुरुषले आफ्नो त्वचाको हिसाबले सौन्दर्य प्रशाधन खरिद गर्नुहोस् । तपाईले यो जान्न आवश्यक हुन्छ कि आफ्नो त्वचा कस्तो छ जस्तै:-त्वचा रुखो, ओयली वा मिश्रित छ । यस आधारमा उत्पादन खरिद गर्नुहोस् ।

चना या बेसनको प्रयोग बेसन या चनाको पिठोमा कागतीको रस र थोरै बेसारको मिश्रणको पेस्ट बनाउनुहोस् र यसलाई त्वचामा लगाउनुहोस् । यसो गर्दा त्वचाको सुन्दरतामा निखार आउँछ र टैन कम हुन्छ ।

दही र सुन्तलाको मास्क लगाउनु सुन्तलामा अनुहारलाई गोरो बनाउने गुण हुन्छ र दहीले अनुहारमा चमक ल्याउँछ । दुई चम्मच सुन्तलाको बोक्राको पाउडर र तीन चम्मच दहीलाई राम्रो सँग मिलाएर पेस्ट बनाउनुहोस् । यस पेस्टलाई अनुहारमा मास्क रूपमा लगाउनुहोस् । 15 मिनेट सम्म सुक्न दिनुहोस् र अनुहारमा गुलाबजलले धुनुहोस् । यसको नियमित रूपमा केही दिन सम्म प्रयोग गर्नाले अनुहारमा गोरोपन देखिन थाल्छ ।

प्रशस्त पानी पिउनुहोस् कुनै पनि उमेर समूहका पुरुषले हरेक दिन ८ गिलास पानी पिउन आवश्यक हुन्छ । पानीले तपाईको त्वचालाई हाइड्रेट राख्छ, जसबाट त्वचाको रंगमा चमक आउँछ । प्रशस्त पानी पिउँदा पेट सफा रहन्छ ।

टोनर लगाउनुहोस् जो पुरुष बाइक र कार अधिक चलाउँछन्, उनीहरूको त्वचा प्रदुषणको शिकार सजिलै हुन्छन् । यसकारण यस्तो टोनरको प्रयोग गर्नुहोस्, जसमा ग्लोकलिक एसिडको मात्रा अधिक हुन्छ । टोनर लगाउँदा त्वचा चिलाउने, पोल्ने र रातो हुने आदि समस्या बाट बँच्न सकिन्छ ।

मोइस्चराइजर तपाईले यस्तो मोइस्चराइजरको छनौट गर्नुहोस्, जसले त्वचालाई सूर्यको अल्ट्राभायलेट किरणहरूबाट बचाउँछ । मोइस्चराइजरको सधैँ लगाउनुहोस्, यसबाट त्वचा ताजापन र गोरो बन्छ । फेस पाउडर टेलकम पाउडर लगाउन भूल्नु हुँदैन । यसले त्वचामा निखार ल्याउन मद्दत गर्नुको साथै यसको गुण पनि बढाउँछ ।

योग र व्यायाम शरीरलाई तन्दुरुस्त र अनुहारमा चमक ल्याउनका लागि नियमित रूपमा आधा घण्टासम्म व्यायाम गर्नुहोस् । २ देखि ३ किलोमिटर सम्म पैदल हिड्नुहोस् । रस्सीमा उफ्रिने, साइकिलिंग आदि गर्न आवश्यक हुन्छ ।

प्रयाप्त निन्द्रा त्वचालाई जावन बनाई राख्न र स्वस्थ शरीरको लागि पुरुषले पर्याप्त निन्द्रा लिन आवश्यक हुन्छ । राम्रो निन्द्राको कमीले आँखाको तल कालो घेरा पर्छ र अनुहारको रंग बिस्तारै-बिस्तारै कम हुन्छ । पुरुषले कम्तीमा ८ को निन्द्रा लिन अति आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया