सुरक्षित गर्भपतनका लागि कुनै पनि घरेलु विधि अपनाउनु हुदैन । गर्भपतन तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्नुपर्छ । गर्भपतनका लागि सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थामा जानु पर्छ । असुरक्षित गर्भपतनले ज्यान जाने सम्मको जोखिम हुन सक्छ । कानुन अनुसार तिन महिना भित्र गर्भपतन गर्नुपर्छ ।

सन्तानको इच्छा नभएका जोडिले परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ । पटक–पटक गर्भपतन गर्दा स्वास्थ्यमा पनि नकारात्मक असर पर्न जान्छ । गर्भपतनलाई परिवार नियोजनका साधनको विकल्पको रुपमा लिइएका कारण गर्भपतन गराउनेको संख्या बढ्दै गएको पाइन्छ ।

यस्तो प्रवृत्तिले महिलाको बाँझोपनलगायतका गम्भीर स्वास्थ्य समस्याको जोखिमसमेत बढाउँदै लगेको बिशेषज्ञहरु बताउँछन् । अनुसन्धानले एकभन्दा बढी पटक गर्भपतन गराउन आउनुका चार कारणमा स्वास्थ्यका कारणले परिवार नियोजनको साधन प्रयोग नगर्नु, अस्थायी साधनको प्रयोग छुट्नु, स्थायी साधान मन नपराउनु र महिनावारीको तालिका अनुसारको चक्रमा भर पर्नु रहेको देखाएको  छ ।

तपाईको प्रतिक्रिया