जाडो मौसममा मुख, नाक र घाँटी सम्बन्धि समस्याहरू उत्पन्न हुनथाल्छ । यस्तो अवस्थामा सबैभन्दा बढी समस्या त्यतिबेला हुन्छ जब नाक बन्द हुन्छ । बन्द नाकको कारण घाँटीमा समस्या हुने भएका कारण खाना खान पनि कठिन हुनसक्छ । यस अवस्थामा केहि घरेलू उपाय अपनाई सजिलै बन्द नाकको समस्याबाट छुटकारा दिलाउन सक्छ ।

बाफको प्रयोग गर्ने बाफ लिनु बन्द नाक खोल्ने एक पुरानो र प्रभावकारी आयुर्वेदिक उपचार मानिन्छ । जसबाट बन्द नाक तुरुन्त खुल्छ र आराम पनि मिल्छ ।

बाफ लिने तरिका एक भाँडामा पानीलाई तातो गर्ने र यसमा थोरै नून र वासनायुक्त तेल मिलाएर बाफ लिनुपर्दछ । बाफ लिनको लागि आफ्नो टाउकोलाई कुनै कपडाले ढाक्नु पर्दछ र नाकको माध्यमले बाफ लिनुपर्दछ ।

व्यायाम बन्द नाक खोल्नको लागि एक सहज आसन पनि गर्न सकिन्छ । यस आसनलाई गर्दा बन्द नाक तुरुन्तै निको हुनथाल्छ ।

व्यायाम गर्ने तरिका नाक बन्द हुने बित्तिकै आफ्नो टाउकोलाई पछाडी तर्र्फ़ झुकाउनुहोस् । यस अवस्थामा रहँदा थोरै समयको लागि श्वासलाई रोक्नुपर्दछ किनकि यसो गर्नाले तपाईलाई श्वास लिन सहज हुन्छ । यस तरिकाले तपाई यस व्यायामलाई दोहोर्याउन सक्नुहुन्छ ।

नरिवल तेल नरिवलको तेल बन्द नाक खोल्नको लागि अचूक उपाय हो । नरिवलको तेललाई पगालेर यसलाई औँलाको सहायताले नाकको भित्र राम्रो सँग लगाउनुहोस् । नरिवल नरिवल तेलको केहि थोपा नाकमा हालेर गहिरो श्वास लिन सक्नुहुन्छ । यसो विधिले बन्द नाक चाँडो खुल्छ र आराम मिल्छ ।

तातो पानीको प्रयोग जाडो मौसमका कारण य्सदी नाक बन्द भएको छ भने पानीलाई हल्का मनतातो गर्नुहोस् र कुनै ड्रापरको मद्दतले यस मनतातो पानीको केही थोपा नाकको प्वालमा हाल्नुहोस् । यसो केवल केही समयको लागि मात्र गर्नुहोस् र पछि टाउकोलाई अगाडी गरी यस पानीलाई पूर्ण रूपमा बाहिर निकाल्नुहोस् ।

तपाईको प्रतिक्रिया