ताजा खबर:- हरेक व्यक्तिलाई सफा र मुलायम हातको चाहना हुन्छ । कतिपय मानिस यस्ता हुन्छन्, जसले आफ्नो अनुहार भन्दा आफ्नो हात-खुट्टामा बढी ध्यान दिने गर्दछन् । केही मानिस यसलाई एक शौकको रूपमा गर्छन् । तर तपाईले यो जान्न अति आवश्यक हुन्छ कि अनुहारको साथै हातको पनि हेरचाह गर्न उत्तिकै आवश्यकता हुन्छ । कतिपय मानिसलाई रुखो हातको समस्याले निकै चिन्तित बनाएको हुन्छ । यदि तपाई पनि यही समस्याले पीडित हुनुहुन्छ भने आज हामी केही यस्तै उपचारको बारेमा बताउँदैछौँ । जान्नुहोस्, रुखो हातबाट छुटकारा पाउने उपायहरू यस्ता छन् । फिंगरनेल ब्रशेजको प्रयोग

यदि बढी हेरचाह गर्दापनि तपाईको हातमा फोहोर रहन्छ भने तपाईले फिंगरनेल ब्रशेजको प्रयोग गर्न सक्नुहुन्छ । फिंगरनेल ब्रशेजको सहायताले नंग राम्रो सँग सफा गर्न सकिन्छ । यसको प्रयोग हप्तामा २ पटक गर्न सकिन्छ । जब तपाई यसको प्रयोग गर्नुहुन्छ तब यो सावधानी सावधानी अपनाउनु पर्दछ कि यसबाट क्युटिक्ल्स काटिनु हुँदैन । यसकारण तपाईको हात रुखो हुँदैन ।

मेनिक्योरको उपयोग यदि तपाई हरेक महिना मेनिक्योर गराउनुहुन्छ भने यसबाट हात राम्रो हुनुको साथै ओभरआल एपियरेन्स र हाइजीनको स्तरमा पनि सुधार हुन्छ ।

कागतीको रस हातलाई सुन्दर बनाउनको लागि एक ठूलो चम्मच कागतीको रस र एक सानो चम्मच चीनी लिनुहोस् । अब थोरै पानी मिलाएर यसको पेस्ट बनाउनुहोस् । यस मिश्रणलाई पाँच मिनेट सम्म हातमा लगाउनुहोस् र यसपछि मनतातो पानीले धुनुहोस् ।

टमाटरको रस यदि तपाई रुखो हातको समस्याले पीडित हुनुहुन्छ भने टमाटर र कागतीको रस निकालेर राम्रो सँग मिक्स गर्नुहोस् । अब यसमा ग्लिससरीन मिलाएर पेस्ट बनाउनुहोस् । पाँच मिनेट सम्म यसलाई हातमा लगाउनुहोस् र यसपछि हात सफा गर्नुहोस् ।

कागती र बेसनको पेस्ट यदि तपाईको हातमा प्रायजसो पिगमेन्टेशन रहन्छ भने घरमै यसको उपचार गर्न सकिन्छ । यसको लागि कागती र बेसनको पेस्ट बनाउनुहोस् र आफ्नो हातमा प्रयोग गर्नुहोस् । यसको कारणले हातको रूखोपन निकै हद सम्म कम हुन्छ ।

तपाईको प्रतिक्रिया