काठमाडौँ, २० कात्तिक-डडेलधुराका केही माओवादीका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीलाई काँग्रेस सदस्य दिएर प्रवेश गराउनुभएको हो ।काँग्रेसमा प्रवेश गर्नुभएका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उहाँको स्वकीय अधिकृतसमेत हुनुहुन्थ्यो । उहाँ माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्यसमेत हुनुहुन्छ ।

त्यस्तै डडेलधुराकै वाइसिएल नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत तथा गन्यापधुरा गाउँपालिका–४ का सदस्य नरजित भुल र वीरबहादुर भुल पनि काँग्रेस प्रवेश गर्नुभएको छ । डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ता मानबहादुर धानुक, गोपाल खत्री, मीनराम साउद र धनीलाल पाल पनि काँग्रेस प्रवेश गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया