काठमाडौँ । र्यापर तथा गायक मन श्रेष्ठको गीत गोल्ड स्टार जुत्ताको भिडियो सार्वजनिक भएको छ । स्वदेशमा नै बनेको गोल्ड स्टार जुत्ताको खुलेर बयान गरिएको गोल्ड स्टार जुत्ता बोलको गीत सार्वजनिक भएसँगै राम्रो चर्चा पाइरहेको छ । नेपालमा बनेको जुत्ताका विषयमा केही नराम्रो नभन्ने र सबैले यसको प्रयोग गरेर प्रचार गर्न समेत गीतमा आग्रह गरिएको छ ।

१२ रुपेयाँमा दुई जोड आउने जुत्ता एउटा घरकी बुढी र अर्को गलफेण्डलाई दिने भन्दै जुत्ताको महत्वलाई गीतले प्रस्ट्याएको छ । भिडियोमा द युभ, थाकु, दिपेश मर्हजन, प्रकाश बिष्ट र मिलन थापाको अभिनय रहेको छ । भिडियोको निर्देशन सौरभ केसी गरेका हुन् भने छायांकन र सम्पादन सरुन मानन्धरले गरेका हुन् ।

तपाईको प्रतिक्रिया