प्रेम विश्वकर्मा / बर्दिया । बर्दियाको खैरापुर स्थित रहेको कृष्णसार संरक्षण क्षेत्र वरिपरिको बस्ती ब्यवस्थापन चालु आर्थिक वर्षमा पनि नहुने भएको छ । चालु आर्थिक वर्ष २०७४÷०७५ को अवधीमा नियमित कार्यक्रम बाहेक संरक्षण र ब्यवस्थापन सम्बन्धि बजेट तथा अन्य कार्यक्रमहरु नभएकाले बस्ती ब्यवस्थापन जस्ताको त्यस्तै रहने लगभग निश्चित भएको हो । यसरी अब त्यस क्षेत्रका आम भुमिहीन जोताह किसान, सुकुम्बासी, मुक्त कमैया लगायतले आगामी आर्थिक वर्ष २०७५÷०७६ लाई कुर्नुभएको भएको छ । तर नेपाल सरकार बन तथा भु–संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागले भने दुर्लव बन्यजन्तु कृष्णसारको उचित संरक्षणमा मुख्य बाधक देखिएको बस्तीलाई ब्यवस्थापन गर्न फेरि अहिले देखी नै पहल शुरु भएकोे दाबी गरेको छ । नेपाल सरकार वन तथा भु–संरक्षण मन्त्रालयमा सचिव डाक्टर युबक धोज जि.सी. भर्खरै हाजिर भएकाले लामो समय देखी त्यसै थन्कि रहेको पुरानो फाईल पल्टाएर यसबारे अवगत गराईएको मन्त्रालय स्रोतले जनाएको छ । पटक÷पटक मन्त्रि लगायतका कर्मचारीहरु फेरबदल भईरहने र केन्द्रिय नेतृत्वले चासो नदिने कारणले पनि फाईल अघि बढन् नसकेको सम्बद्ध निकायले जनाएका छन । अहिले बन तथा भु–संरक्षण मन्त्रालयको जिम्मेवारी मन्त्रि विक्रम पाण्डेले सम्हाली रहेका छन । यसै गरि मन्त्रालयको राज्यमन्त्रीमा कमला देवी शर्मा नियुक्त भएकी छन । उता राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको मन बहादुर खड्काले महानिर्देशकको जिम्मेवारी सम्हाली रहेका छन । बन विभाग तथा मन्त्रालयले भने यस बिषयमा खास्सै चासो नदिएको उच्च स्रोतको दाबी छ ।

समिति नबनाएरै गुम्यो ६० लाख !

गत आर्थिक वर्ष २०७३÷०७४ मै बस्ती ब्यवस्थापनको काम सक्ने गरि कृष्णसार संरक्षण क्षेत्र खैरापुर बर्दियाले स्थानिय स्तरमा पहल थालेको थियो । तर केन्द्रिय तहमा तालमेल नमिल्दा नेपाल सरकारले बिनीयोजन गरेको ६० लाख रुपैया समेत फ्रिज भई गएको पाईएको छ । संरक्षण क्षेत्र वरिपरि १ सय ४२ घरधुरी रहेकोले तिनको उचित ब्यवस्थापन गर्नको लागी समिति गठन गर्नुपर्ने लगायतका विभिन्न कुराहरु माथी आवाश्यक निर्णाय सहितको निर्देशन माग सहित उल्लेख गरि फाईल बन मन्त्रालयमा पठाईएको थियो । बन तथा भु–संरक्षण मन्त्रालयमा पेश गरिएको फाईलमा एउटा अधिकार सम्पन्न समिति बनाई संरक्षण क्षेत्र भित्रकै १६ विगाह १३ कठ्ठा किनाराको केही भु–भागमा बस्ती ब्यवस्थान गर्न सकिने भनी उल्लेख गरिएको कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुर बर्दिया स्रोतले जनाएको छ । तर केही बन नितीका कारण पनि फाईल अघि बढ्न नसकेको बन तथा भु–संरक्षण मन्त्रालयका कतिपय अधिकारीले जनाए । मन्त्रालयमा फाईल पुगेपछि बिचमा उपनिर्देशक सम्मिलीत एक अध्ययन टोली कृष्णसार संरक्षण क्षेत्रमा पुगेको थियो । उक्त टोलीले कृष्णसारको वास्तवीक अवस्था, समस्या र समाधानका उपायहरु पहिचान गरि आवाश्यक छलफल कुराकानी सहित मन्त्रालय फर्किए पनि त्यसपछि कुनै जानकारी आउन सकेको थिएन । अन्तत ः ६० लाख रुपैया फ्र्रिज भएरै गयो । आर्थिक वर्ष २०७३÷०७४ को अन्तिम समय सम्म पनि जिम्मेवार ठानिएको माथील्लो निकायबाट कुनै निणार्य आउन नसक्दा बिनीयोजित बजेट त्यसै फ्रिज भएको कतिपय संरक्षणकर्मीको भनाई छ । लामो कसरत पछि नेपाल सरकारले बिनियोजन गरेको बजेट सदुपयोग हुन नसकी त्यसै फ्रिज जानुका पछाडि केन्द्रिय, क्षेत्र र जिल्ला तहको नेतृत्वहरु पनि उतिकै दोषि रहेको स्थानियको आरोप छ । कृष्णसारको संरक्षण गरिनु अघि देखी नै त्यस क्षेत्रमा बसोबास गर्दै आएका स्थानियले आफुहरुको उचित बस्ती ब्यवस्थापन गरि कृष्णसारको संरक्षण गर्न लामो समय देखी आग्रह गर्दै आएका छन । पुस्ता बिति सक्यो तर उनीहरुको मागको सुनुवाई कुनै पनि सरकारले अहिले सम्म पुरा गर्न सकेको छैन । राजतन्त्रका अन्तिम तत्कालीन राजा ज्ञानेन्द्र शाहले पश्चिम नेपाल भ्रमणका बेला उक्त क्षेत्रका विषयमा स्थानिय जनताले पेश गरेको एक ज्ञापन पत्रका सम्बन्धमा सामान्य चासो ब्यक्त गरेका थिए । तर पनि उनले उर्दि जारी गर्ने बाहेक निष्कर्षमा पु¥याउन सकेन्न । उक्त क्षेत्रलाई शाही बर्दिया वन्यजन्तु आरक्षका नामले पनि चिचिन्थ्यो पहिले ।

आश्वासन मात्र बाड्ने दल ! निर्वाचनका बेला खुबै आवाश्वासन बाड्दै हिड्ने माओवादी, एमाले, काग्रेंस लगायतका विभिन्न राजनितिक दलहरुले पनि यसतर्फ खास्सै चासो देखाउन नसकेको पाईएको छ । कतिपय राजनितिक दलहरुले त संरक्षण क्षेत्र भित्र आफनो दलका नेता तथा कार्यकर्ता नभएको भन्र्दै संरक्षण ब्यवस्थापनको काममा असहयोग पु¥याई रहेको संरक्षणकर्मीहरुले बताएका छन । उता नेकपा एमालेले भने लामो समय देखी पार्टी भित्रैका नेता तथा कार्यकर्तालाई आलोपालो संरक्षण क्षेत्रको नेतृत्व मिलाउदै आएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्दै केन्द्र सम्म धेरै ब्यक्तिहरु पुगे । पछिल्लो समय निकै चर्चामा रहेकाहरु मध्ये केहीको नाममै लिनु पर्दा नेपाली कागेँसका सञ्जय कुमार गौतम, गोपाल दहीत, माओवादीका सन्तकुमार चौधरी, र नेकपा एमालेका बाम देव गौतम । यसअघि पनि थुपै्र ब्यक्तिहरु केन्द्रमा पुगेका थिए । तर कसैको ध्यान दृष्ट्रि दुर्लव वन्य जन्तु कृष्णसारको उचित संरक्षण र प्रर्वद्धन विकासमा अपेक्षाकृत रुपमा पुग्न सकेन । यस पटक फेरि पनि प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७४ मंसिर २१ को लागी आश्वासनका पोका लिएर संरक्षण क्षेत्र खैरापुर, पण्डितपुर वरपरको बस्तीमा पुग्नेहरुको ताँत्ती नै लागेको छ । त्यस क्षेत्रका जनताले भने आफनो मागको सम्बोधन गर्छु भनी लिखीत प्रतिबद्धता गर्नेलाई मात्र समर्थन गर्ने अथवा नयाँ ब्यक्तिलाई आफनो अमुल्य मत दिने विषयमा स्थानिय स्तरमा छलफल भईरहेको जनाएका छन । स्थानिय तहको निर्वाचनका बेला वडा, नगरमा आफनो उम्मेदवारी दिएका प्रतिनिधिले पनि आफनो घोषणा पत्रमा कृष्णसारको संरक्षणका सम्बन्धमा पहल गर्ने भनि उल्लेख गरेका थिए । गुलरिया नगरपालिकाको प्रमुखमा मुक्तिनाथ यादव (किट्टु) उपप्रमुख सुशिला गिरी र कृष्णसार संरक्षण क्षेत्र खैरापुरलाई छुने वडा नम्बर २ बाट टंक प्रसाद अधिकारी, वडा नम्बर ४ बाट राम बहादुर रावल र वडा नम्बर ३ बाट प्रताप कुमार गौतमलाई वडाध्यक्षको जिम्मेवारी जनताले सुम्पेका छन । जननिर्वाचित यि जनप्रतिनिधिले स्थानिय स्तरमा संरक्षणको पहल कत्तिको गर्छन भन्ने कुरा अहिले नै यसै भन्न सकिने अवस्था भने छैन । पर्यटक आकार्षित भएन्न २ सय २७ जम्मा कृष्णसार मध्ये अहिले सो क्षेत्रमा भाले ४४, पोथि १ सय ३२ र बच्चा ५१ वटा रहेका छन । कृष्णसार संरक्षण क्षेत्र खैरापुर बर्दियाले जनाए अनुसार पर्यटकहरु खास्सै पुग्न सकेका छैन्न । चालु आर्थिक वर्षको साउन देखी असोज मसान्त सम्मको एक तथ्याकं अनुसार आन्तरिक पर्यटक २ हजारको संख्यामा भ्रमण गरेका छन । निल नभए पनि बाह्य (बिदेशी) पर्यटकको संख्या भने औलामा गन्न सकिने एक,दुई वटा मात्र रहेको छ । स्वदेशीलाई प्रवेश शुल्क तोकिएकाले पनि आम्दानी छैन । आम्दानी बढाउनका लागी आन्तरिक होस वा वाह्य पर्यटकलाई प्रवेश शुल्क लगाउने बारेमा छलफल भईरहेको स्रोतले जनाएको छ । यद्धपी गत आर्थिक वर्ष २०७३÷०७४ को अवधिमा अन्य विभिन्न शिर्षकको आम्दानी ६४ हजार रुपैया मध्ये ३२ हजार रुपैया कार्यालयमा निकास भई आई पुगेको उल्लेख छ । नियमत ः राष्ट्रिय निकुञ्ज अथवा संरक्षण क्षेत्रमा भएको कुल आम्दानीको ५० प्रतिशत रकम वरिपरिको मध्यवर्ति क्षेत्र अथवा गाउँ–बस्तीको सामाजिक कार्यमा खर्च गरिनु पर्ने हुन्छ । तर कृष्णसार संरक्षण क्षेत्र भित्र त्यसो हुन सकि रहेकोे छैन । यसको पछाडि विबिध कारणहरु रहेका छन । अहिले कार्यालयले मौसमी खेति, अग्नी नियन्त्रण रेखा निर्माण तथा मर्मतको काम गरिरहेको जनाएको छ । नियमित कार्यक्रम अन्र्तगत रही गत आर्थिक वर्षमा पनि हरियो बन लगायतका निकाय सँग समन्वय सहकार्य गरि बाटो ब्यवस्थापन, नाला ब्यवस्थापन, अग्लो ठाउँको प्रबन्ध लगायतका विभिन्न कामहरु सम्पन्न गरेको थियो ।

एउटा प्रचुर पर्यटकिय संम्भावना बोकेको ठाउँमा स्वंयम स्थानिय जनता, जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकायले पनि संरक्षणको नाममा एउटा झारा टार्ने काम मात्र गरिरहेका छन । राजनितिक दल तथा तिनका नेता कर्ताहरुले त झन एउटा भोट माग्ने उपयुक्त माध्यम, बाटो बनाईरहेका छन भन्दा पनि फरक पर्दैन । विभिन्न समयका घोषण पत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरु समेत उनीहरुले कार्यन्वयन गर्न सकेनन् । साविकको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने भएकाले त्यहाँबाट प्रतिनिधित्व गर्ने माओवादी नेता तथा तकालीन पूर्व संसाद विष्णु प्रसाद चौधरी र हाल सिचाई मन्त्री समेत रहेका कागँे्रसका सभापति सञ्जय कुमार गौतमले पनि आफना घोषणा पत्रमा पर्यटन र पर्यटकीय क्षेत्रका बारेमा उल्लेख गरेका थिए । अहिले उक्त क्षेत्र निर्वाचन क्षेत्र नम्बर एकमा परेको छ । निर्वाचन क्षेत्र विकास कोष होस वा संसद बिकास कोष कतैको रकम पनि कृष्णसार संरक्षण क्षेत्रकै लागी भनेर खर्च गरिएन । नत कुनै ठुलो अविस्मणिय पहल नै गरियो । यो एउटा समान्य उदाहरण मात्र हो । बजेट अभावकै कारण सो क्षेत्रमा पर्यटकीय भौतिक पूर्वाधारहरु निर्माण हुन सकेका छैन्न । कृष्णसारको नियमित र सुरक्षित बास स्थान पनि पर्याप्त छैन । बाढि प्रकोपको पनि समस्या पनि उस्तै छ । भने अर्को तर्फ छिटफुट रुपमा चीतुवा र भुस्हाय कुकुरहरुको जोखिम पनि त्यतिक रहेको पाईएको छ ।

यसरी गरियो संरक्षण प्रदेश नम्बर पाँचमा पर्ने छेउको जिल्ला बर्दियाको खैरापुर क्षेत्रमा प्राकृतिक अवस्थामा रहेको दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षणका लागि गुलरिया नगरपालिका अन्तर्गतको १६.९५ वर्ग कि.मि. क्षेत्रलाई नेपाल सरकारले २०६५ फागुन २३ गते अर्थत (सन् २००९) कृष्णसार संरक्षण क्षेत्रको रूपमा घोषणा गरेको थियो । कुल क्षेत्रफल मध्ये कृष्णसारको वासस्थान क्षेत्र ५.२७ वर्ग कि.मि. र वरिपरिको प्रभावित क्षेत्र ११.६८ वर्ग कि.मि. रहेको छ । विंसः २०३१ सालमा बर्दिया वन्यजन्तु आरक्ष स्थापना भएको बेला बाँके, बर्दिया जिल्ला लगायत समग्र नेपालबाटै कृष्णसार लोप भइसकेको आशंका गरिएको थियो । बर्दिया वन्यजन्तु आरक्ष (हाल बर्दिया राष्ट्रिय निकुञ्ज) खडा भइसकेपछि २०३२ आश्विनमा बाँके वर्दियामा कृष्णसार बाँकी छन् कि भन्ने बारे खोजी गरियो । त्यसबेला बर्दिया जिल्लाको खैरी, पण्डितपुरको जंगल किनार आवादी क्षेत्रमा एउटा सिङ भाँचिएको एक बूढो भाले, एउटा वयस्क भाले, तीन वटा पोथी र चार बच्चाहरू समेत जम्मा ९ वटा कृष्णसार फेला परेका थिए । यसरी फेला परेका कृष्णसारको पूर्ण संरक्षणको लागि तत्कालै वन विभागको एक÷चारको सशस्त्र सुरक्षा गार्ड खटाई कृष्णसार संरक्षण चौकी खडा गरि आवाश्यक संरक्षणको पहल थालीएको थियो । नेपालमा औलो उन्मुख हुनुभन्दा अघि अर्थात १९६० को दशक तिर तराईका धेरै भुभागहरुमा कृष्णसार पाईन्थे । बाँके जिल्लाको खजुरा र राप्ती नदीको किनार भोज भगवानपुर त्यस्तै बर्दिया जिल्लाको मैनापोखर र खैरी, पण्डितपुरमा कृष्णसारको मुख्य बासस्थान थियो । स्थानिय बुढापाकाका अनुसार केही दशक अगाडि सम्म यि क्षेत्रहरुमा असंख्य कृष्णसारहरु विचरण गर्दथे । औलो उन्मुलन पश्चात तराईका ठुला–ठुला फाँटहरुमा पाहाड देखी मानिसहरु आएर बसाई सराई गर्ने प्रवृति क्रमश ः बढदै गयो । जंगल र फाँटहरुमा आवादी गरि बसोबास हुन थाल्यो । यस प्रक्रियाले कृष्णसारको बास स्थानमा सांघुरिन पुगेको र बसोबासमा वृद्धिको कारण भुस्याहा कुकुर, पाल्तु जनावारहरुको पनि संख्यामा उल्लेख्य वृद्धि हुन पुगेको थियो । यसवाट कृष्णसारले आफनो आहारका लागी घरपालुवा जनावार (वस्तुभाउ) सँग निकै प्रतिस्पर्धा गर्नु पर्ने स्तिथी सिर्जना भयो भने भुस्याहा कुकुरहरुको आक्रमणवाट कृष्णसार सताईन थाले । यसरी कृष्णसारको मुख्य वासस्थान फाँट र जंगल सानो–सानो झाडिमा र भएको जगंल पनि खेतिमा परिणत गराईयो । अवैध तरिकाले शिकार पनि गर्दा कृष्णसारको संख्यामा दिन प्रति दिन ह्रस हुदै लोप हुने अवस्थामा पुगेको थियोे । अहिले सो क्षेत्रमा तारजाली लगाएको छ भने कृष्णसार र स्थानिय बासी एउटै तारजाली भित्र बसोबास गरिरहेका छन ।

तपाईको प्रतिक्रिया