दाङ्ग । दाङ्गको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ अहिले चर्चामा छ । केन्द्रिय राजनीतिमा प्रभाव पार्ने प्रभावशाली युवा नेता, यसअघि एक पटक सांसद् र मन्त्री बनेर दाङ्गमा ‘विकासे नेता’ को छवि बनाएका कांग्रेस केन्द्रिय सदस्य ‘हेभीवेट’ दीपक गिरीको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा छ । उनलाई टक्कर दिन उठाइएका बाम गठबन्धनका ‘होचो राजजीतिक कद’ का उम्मेदवार मानिएका एमाले दाङ्गका स्थानीय नेता, पार्टी सचिव हिराचन्द्र केसी ‘कमजोर’ उम्मेदवार दरिएका छन् । कारण हो–गिरीको अग्लो राजनीतिक उचाईं र पश्चिम दाङ्गमा गरिएको विकासका कारण आम मतदाता माझ उनको लोकप्रियता । सल्यानमा जन्मिएका राजनीतिककर्मी भन्दा पनि सुन व्यवसायीका कर्मले बढी चिनिने, पार्टीका लागनी कम भएका भनिएका केसीले टिकट पाएसंगै त्यस क्षेत्रका पुराना एमाले नेता कार्यकर्ता चिढिएका मात्रै छैनन्, भित्रभित्रै असहयोग गर्ने योजना समेत बनाइरहेका छन् । नाम नबताउने शर्तमा एक जना रुष्ट एमाले कार्यकर्ताले भने,‘केसीलाई सहयोग गर्नुभन्दा त यसअघि पुरानो ५ नम्बर क्षेत्रको सांसद् र मन्त्री बनेर पश्चिम दाङ्गमा विकास खन्याएका दीपकजीलाई सहयोग गर्ने मनस्थितिमा हामी छौं, अर्को पार्टीको भएपनि उहाँको केन्द्रमा राजनीतिक पहुँच र विकासबादी पहिचानले मतदाता उहाँतिरै आकर्षित छन् ।’ अर्कोतिर त्यस क्षेत्रबाट माओवादीको भोट पनि केसीलाई कम जाने देखिएको छ । त्यस क्षेत्रबाट टिकटका लागि पहिलो नम्बरमा सिफारिसमा परेका नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य कुवेर वली बाम गठबन्धनका कारण टिकट पाउनबाट बञ्चित भएपछि उनले प्रदेशमा ‘बागी’ उम्मेदवारी दिएका थिए । पार्टीको दबाबका कारण उनले उम्मेदवारी फिर्ता लिएपनि असन्तुष्ट रहेका कारण असहयोग गर्ने देखिन्छ । टिकट दिने भन्दै एक महिना अघि मात्रै राप्रपाबाट एमालेमा भित्र्याइएकी गायिका कोमल ओली पनि रुष्ट छिन् । उनले पनि बागी उम्मेदवारी फिर्ता लिए पनि सहयोग गर्नेमा शंका रहेको स्वयम् एमाले कार्यकर्ताहरु बताउँछन् ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा ‘पैसाको खोलो’ बगाएर पनि चुनाव जित्न नसकेका उत्तरकुमार वली गिरीसंग तत्कालीन ५ नम्बर क्षेत्रमा भारी मतले पराजित भएपछि अहिले सकिँदैन भन्दै प्रदेशसभातिर लाग्नुले पनि पश्चिम दाङ्गमा गिरीको लोकप्रियता प्रष्ट हुने कांग्रेसीहरु बताउँछन् । ‘अहिले पनि पैसाको बलमा चुनाव जित्छु भन्नेलाई अघि सारेका छन्, एमालेले फेरि हावा खाने भयो’ एक कांग्रेस नेताले प्रतिक्रिया दिए । उनले थपे,‘एमाले र माओवादीमा अब मिलेर जितिन्छ भन्ने सोच देखियो, राजनीतिमा दुई पलस दुई चार हुँदैन, मतदाताले दीपक दाईलाई रोजिसकेका छन् अब मतपत्रमा जाहेर गर्ने दिन मात्र पर्खन बाँकि छ ।’

अर्कोतिर गुटगत राजनीतिको प्रभाव अहिले त्यस क्षेत्रमा नपर्ने कांग्रेसीहरु बताउँछन् । कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का, पूर्व सांसद् गेहेन्द्र गिरीसंग अहिले उनको राम्रो सम्बन्ध रहेको कांग्रेस कार्यकर्ताहरु बताउँछन् । यसअघि राम्रो सम्बन्ध नभएको भनिएका गेहेन्द्र गिरीसंगै उनलाई स्थानीय चुनावमा तुलसीपुर उपमहानगरपालिकाको मेयर जिताउन प्रचारमै हिंडेका थिए, दीपक गिरी । कांग्रेस उम्मेदवार गिरीले आफूले यस क्षेत्रमा विकास गरेको र यस क्षेत्रलाई अझै समृद्ध बनाउन मतदाताले आफूलाई निर्विकल्प उम्मेदवारका रुपमा स्विकारेकाले आफूले चुनाव जित्ने दाबी गरे । उनले आफूले जिल्लाकै लागि धेरै काम गरेकाले आफ्नो क्षेत्र मात्र होइन, दाङ्गका सबै क्षेत्र कांग्रेसले जित्ने दाबी गरे । एमाले उम्मेदवार केसीले पनि बाम गठबन्धन र जनताले नयाँ अनुहार खोजेका कारण आफूले सहजै जित्ने दाबी गरे । सांसद् र मन्त्री हुँदा दाङ्गका लागि दीपक गिरीले के के गरे ? हेर्नुहोस् फेहरिष्त–

सिंचाई मन्त्री हुँदा दाङ उपत्यकाको करिब ५३ हजार हेक्टर भूभागलाई नै पूरै सिञ्चित गर्ने गरी सल्यानको शारदा नदीको पानी टनेल मार्फत् झारेर ड्याम बनाई शुरु गर्ने गरी बृहत् दाङ उपत्यका सिंचाई योजना कार्यान्वयनमा ल्याए ।

बबई नदी अन्तर्गत् बर्दियामा मात्र सञ्चालित जनताको तटबन्ध कार्यक्रम मन्त्री हुँदा गिरीले दाङ जिल्लामा पनि विस्तार गराए । बबई नदीको दुबै किनारमा रहेका मानव वस्ती र खेतीयोग्य जमिन बचाउनका लागि बहुबर्षीय ठेक्का अन्तर्गत् ३ आर्थिक बर्षमा सम्पन्न गर्ने गरी डेढ अर्बको लागतमा २० किलोमिटरमा तटबन्धको काम सम्पन्न हुने योजना ल्याए । जलउत्पन्न अन्तर्गत् दाङमा सञ्चालित नियमित कार्यक्रमका लागि बजेट अपुग भइरहँदा गिरीकै पहलमा थप १५ करोड बजेट सुनिश्चितता भई जिल्लाका विभिन्न स्थानमा काम समेत शुरु भइसकेको छ । देउखुरीको कक्रहवा, पिप्रहवा र ढोलईका लागि बहुबर्षीय गुरुयोजना स्विकृत भई कार्य प्रारम्भ गराए ।

पश्चिम राप्तीमा पनि मानव बस्ती र खेतीयोग्न जमिन बचाउन थुप्रै ठाउँमा तटबन्धको काम हुँदै । दाङ जिल्लामा सिंचाई अन्तर्गत् ५६ करोड रुपैयाँको कार्यक्रम स्विकृत भएको छ । झण्डै २ सय ५० योजना कार्यान्वयनमा आएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत् ५ करोड ७२ लाखको कार्यक्रम स्विकृत भई ५० वटा योजना कार्यान्वयनमा छन् । मर्मतमा २० करोड २१ लाखको कार्यक्रम स्विकृत भई १ सय ३८ वटा योजना कार्यान्वयन । समृद्ध तराई मधेश सिंचाई विकास कार्यक्रम अन्तर्गत् १० करोड ७२ लाखको कार्यक्रम स्विकृत भई शुरु । बाढीग्रस्त सिंचाई अन्तर्गत् २ करोड ८० लाखको कार्यक्रम स्विकृत भई ३० वटा योजना शुरु । आफ्नो कार्यकालमा बढी भन्दा बढी कृषियोग्य भूमिमा सिंचाई सुविधा पुर्याउन विभिन्न ठाउँमा डिप बोरिङ, स्यालो ट्युबवेल, लिफ्ट सिंचाईका योजनाहरु विस्तार । गत आर्थिक बर्षमा दाङमा २२ वटा डिप ट्युबवेल र २ सय १० वटा स्यालो ट्युबवेल निर्माण सम्पन्न । अब थप २० वटा डिप ट्युबवेल र ६० वटा स्यालो ट्युबवेल निर्माणका लागि प्रक्रिया अघि बढेको । सांसद्का रुपमा गरिएका काम– मोटरेबल पक्की पुलका योजनाहरु–

१. पातुखोलामा मोटरेवल पुल निर्माण (सुकौरा –चरकमटिया रणनैतिक सडकखण्ड) २. मैया खोलामा मोटरेबल पुल निर्माण (सुकौरा –चरकमटिया रणनैतिक सडकखण्ड) ३. चिरेगार खोलामा मोटरेबल पुल निर्माण (सुकौरा–चरकमटिया रणनैतिक सडकखण्ड) ४. बौलाहा खोलामा मोटरेबल पुल निर्माण (सुकौरा–चरकमटिया रणनैतिक सडकखण्ड) ५. बबई नदीमा मोटरेबल पुल निर्माण (गोल्टाकुरी–बैबाङ–पोटली–मखनटाकुरी सडकखण्ड) ६. बबई नदीमा मोटरेबल पुल निर्माण (पञ्चकुले मठेउरा–ढोलपुर–अगैया सडकखण्ड) ७ बबई नदीमा मोटरेबल पुल निर्माण (हापुरे–पुरन्धारा छहरा–अमिलाबारी सडकखण्ड) ८. बबई नदीमा मोटरेबल पुल निर्माण (पुरन्धारा गंगटे–बञ्चरे–ठुरेको कोहलपुर सडकखण्ड) ९. गहते खोलामा मोटरेबल पुल निर्माण (तु.उ.न.पा.–नयाँवस्ती–कट्कुइयाँ पश्चिम दाङ सडकखण्ड) १०. पातुखोलामा मोटरेबल पुल निर्माण (रानागाउँ र हरेवास बीचमा आँखा अस्पताल–डाँडाखुटी–पवननगर–शान्तिनगर–बाघमारे–पुरन्धारा बगाले चौतारा सडकखण्ड) ११. च्याँटीखोलामा मोटरेबल पुल निर्माण (बाघमारे–पञ्चकुले–पुरन्धारा सडकखण्ड) १२. पेदी खोलामा मोटरेबल पुल निर्माण (शान्तिनगर–भलानेटी–बाघमारे बाघखोर सडकखण्ड) १३. पातुखोलामा मोटरेबल पुल निर्माण (तुल्सीपुर–गैरापातु–दमारगाउँ–भट्टे सडकखण्ड) १४. भमके खोलामा मोटरेबल पुल निर्माण, कृष्ण प्रसाद भट्टराई मार्ग (तुल्सीपुर–पुरन्धारा–सुर्खेत सडक खण्ड) १५. चिरेगार खोलामा मोटरेबल पुल निर्माण, कृष्ण प्रसाद भट्टराई मार्ग (तुल्सीपुर–पुरन्धारा–सुर्खेत सडक खण्ड) १६. बौलाहा खोलामा मोटरेबल पुल निर्माण (तुल्सीपुर–शान्तिनगर–बाघमारे विष्णुपुर–हापुरे सडकखण्ड) १७. कलङखोलामा मोटरेबल पुल निर्माण (गोल्टाकुरी, बंगलापुर, फुर्केसल्ली मलई रणनैतिक सडक) १८. ट्वाङखोलामा मोटरेबल पुल निर्माण (तुल्सीपुर–पुरन्धारा–सुर्खेत सडक) १९. बौलाहा खोला मोटरेबल पुल (तुल्सीपुर–पुरन्धारा–सुर्खेत सडकखण्ड) २० भमके खोला मोटरेबल पुल निर्माण (तुल्सीपुर–शान्तिनगर–बाघमारे विष्णुपुर–हापुरे सडकखण्ड )

स्वास्थ्य, शिक्षा, गाविस भवन, संस्कृति–

१. पुरन्धारा बहुमुखी क्याम्पसको भवन निर्माण, पुरन्धारा २. मधपुर मा.वि.को भौतिक निर्माण, गोल्टाकुरी ३. सरस्वति प्रा.वि. कट्कुइँया, तु.न.पा. ८ ४. सरस्वति उ.मा.वि. पञ्चकुले ५ ५. शान्तिनगर ३ रिङ्गरोड स्तरवृद्धि ६. थारु मरुवा निर्माण, हेकुली गाविस ७. भानुभक्त मावि कौशिलापुर, पञ्चकुले ८. गा.वि.स. भवन निर्माण, शान्तिनगर ९. गा.वि.स भवन, हेकुली १०. गा.वि.स भवन, धनौरी ११. गा.वि.स भवन, पवननगर १२. जनकल्याण उ.मा.वि., सिमसुन्दरपुर, बाघमारे १३. सुधा शाह नि.मा.वि., पञ्चकुले ३ १४. जनता प्रा.वि., भलानेटी, शान्तिनगर १५. सिद्धेश्वरी नि.मा.वि., पञ्चकुले ८ १६. बयाले सिमतारा क्याम्पस, शान्तिनगर ३ १८ विरेन्द्र उ.मा.वि. हेकुली भवन निर्माण १९. नेपाल राष्ट्रिय नि.मा.वि. पुरन्धारा ७ २०. दोघरे जग्गा एकिकरणमा ग्रीन पार्क निर्माण, तुल्सीपुर २१. पुरन्धारा ४ सुपारेमा भगवति देवीको मन्दिर निर्माण २२. विरेन्द्र उ.मा.वि. खेलमैदान निर्माण, हेकुली २३. हंशपुरको खेलमैदान निर्माण, पुरन्धारा २४. बृद्धाश्रम निर्माण शान्तिनगर ८ चिरेगार २५. भुयाँरथान निर्माण, हेकुली, मौली २६. शिवमन्दिर निर्माण, पुरन्धारा गाविस एक्लेचौर हंशपुर २७. शान्तिनगर ३ रिङरोड २८. थारु मरुवा निर्माण, तु.न.पा. ९ र ११ २९. देवी भगवती मन्दिर शान्तिनगर ३ ३०. त्रिमुखेश्वर महादेवको मन्दिर निर्माण, पञ्चकुले चिसापानी ३१. पुरन्धारा झर्ना संरक्षण, पुरन्धारा ३२. मनकामना भगवति मन्दिर निर्माण, शान्तिनगर २, चिराघाट ३३. बुद्ध माविको भवन निर्माण, शान्तिनगर ८ ३४. मनकामना भगवति मन्दिर शान्तिनगर २ सुन्दरादेवी मन्दिर पुरन्धारा ३५. सुन्दरादेवी मन्दिर, शान्तिनगर ३६. श्री भवन्तनाथ मन्दिर, श्रीगाउँ

खानेपानी आयोजनाहरु –

१. छोटे खानेपानी आयोजना, बाघमारे २. श्रीगाउँ ३, ४, ५ मा पम्पिङ खानेपानी आयोजना ३. हेकुली बैबाङ पम्पिङ खानेपानी आयोजना ४. सुन्दरखाल खानेपानी आयोजना पुरन्धारा १ ५. कैलाशपुर खानेपानी आयोजना पञ्चकुले २ ६. मिरौली चखौरा खानेपानी आयोजना, हेकुली ७, ८ ७. शान्तिनगर खानेपानी आयोजना, शान्तिनगर ८. ढुङ्गेपानी खानेपानी आयोजना शान्तिनगर ९. पुरन्धारा खानेपानी आयोजना १०. पञ्चकुले खानेपानी आयोजना (उच्च मध्यम स्तरीय ठूला खानेपानी आयोजना) ११. बालापुर खानेपानी आयोजना १२. बाघमारे खानेपानी आयोजना १३. पुरन्धारा हापुरे खानेपानी आयोजना १४. बेसारे खानेपानी आयोजना, पुरन्धारा १५. सिमगैरा खैरभट्टी खानेपानी आयोजना, पुरन्धारा ८ १६. पञ्चकुले खानेपानी आयोजना, पञ्चकुले १७. पवननगर ९ मचौट खानेपानी आयोजना १८. प्रतापकोट खानेपानी आयोजना तु.न.पा. ७ १९. चिसापानी खानेपानी आयोजना पञ्चकुले २०. धनौरी ५ सुनडबरी खानेपानी आयोजना २१. पवननगर खानेपानी आयोजना २२. पञ्चकुले ८ मा खानेपानी आयोजना २३. श्रीगाउँ खानेपानी आयोजना २४. हेकुली ६, ९ मा खानेपानी आयोजना २५. शान्तिनगर १, ६ मा खानेपानी आयोजना २६. बाघमारे वडा नम्बर ६, ७, ८, ९ मा खानेपानी आयोजना २७. तुल्सीपुर न.पा. ७, ९मा खानेपानी आयोजना २८ पुरन्धारा ८ मा खानेपानी आयोजना २९ रानीवन हेकुली खानेपानी आयोजना

सडक योजनाहरु –

१. दोघरिया, प्रतापकोट, मखनटाकुरी सडक सल्यानको लुहामसम्म निर्माण (रणनैतिक सडक) २. कृष्ण प्रसाद भट्टराई मार्ग (तुलसीपुर, पुरान्धारा, सुर्खेत कालोपत्रे) दाङ्ग÷सुर्खेत ३. सुकौरा चरकमटिया सडक (रणनैतिक सडक ) ४. पवननगर–८ भमके बालापुर सडक ५. सुकौरा–बेलभार सडक ६. दुधेना थारुगल्ली रातोपहर भट्टे सडक ७. पञ्चकुले गा.वि.स. वडा नम्बर १ र २ को नयाँ सडक इलाका प्रहरी कार्यालयदेखि उत्तर खिलतपुर हुँदै बाघमारेसम्म र पश्चिम हापपुरेसम्म सडक निर्माण । ८. तुलसीपुर बनगाउँ गोल्टाकुरी सडक ९. बंगलापुर फुर्केसल्ले मलई सडक, गोल्टाकुरी दाङ्ग (रणनैतिक सडक) १०. पवननगर हेल्थपोष्ट देवीस्थान सुकेकोट मन्दिर जाने सडक (रणनैतिक सडक) ११. अश्वारा बटोलपुर जाने सडक १२. शान्तिनगर–१ एकलीदेखि चिरागारसम्म र चिरागार गिधनिया पोटलीसम्मको सडक ग्रावेल गर्ने । १३. रगैँचा भलानेटी हारीचार बाघमारे सल्यान सडक, दाङ्ग÷सल्यान (आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सडक) १४. सुकदेवा बबई बालापुर पवननगर हेल्थपोष्ट मनकामना मन्दिर बयालेको सुन्दरादेवी मन्दिर, फालाबाङ सल्यान, लुहाम बजारसम्म सडक, दाङ (क्षेत्रीय सडक) १५. पुरन्धारा गा.वि.स. हापुरे सितलगैरा पातीहाल्न एकलेचौर सडक (क्षेत्रीय सडक) १६. बैबाङ पोटली मखनटाकुरी मोटर बाटो सडक (क्षेत्रीय सडक) १७ वडा नम्बर ९ पुरन्धारा गा.वि.स.मा बाटो निर्माण बगरपुर हँुदै गंगटे ठुरे कोहलपुर जोड्ने सडक (रणनैतिक सडक) १८. मौली–विरेन्द्र उ.मा.वि.–रावतगाउँ–प्रशडुवा, श्रीगाउँ सडक (क्षेत्रीय सडक) १९. ट्वाङ खोला–बगरपुर–पुरन्धारा छहरा सडक, दाङ (सहरी सडक) २०. रगैँचा–विष्णुपुर–जनकल्याण उच्च मावि सिमसुन्दरपुर गा.वि.स. भवन– शिव प्रा.वि.चिसापानी–पेरीखोला–बाघखोर सडक

तपाईको प्रतिक्रिया