काठमाडौँ । नेपाल एयरलाइन्सको विमान भैरहवामा दुर्घटना भएको छ । विमानस्थल स्रोतका अनुसार आर ए नाइन एन ए के एस नम्बरको जहाज गौतम वुद्ध विमानस्थलमा दुर्घटना भएको हो । स्रोतका अनुसार उडानको क्रममा धावन मार्गमा जहाजको पांग्रा पन्चर हुँदा जहाज दुर्घटना भएपनि मानविय क्षती भने भएको छैन ।

भैरहवाबाट यात्रु लिएर करिब साढे १२ बजे राजधानी आउँदै गर्दा एक्कासी पन्चर हुन पुगेको थियो । अहिले धावनमार्गमा रोकिएको जहाज हटाउने काम भइरहेको छ । जसका लागी विमानस्थल बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया