ताजा खबर:- जाडो मौसममा अधिकांश मानिसले मनतातो पानीले नुहाउने गर्दछन् । तर आयुर्वेदका अनुसार यदी यस पानीमा केही आवश्यक चीजहरू मिलाएर नुहाएमा विभिन्न किसिमको स्वास्थ्य समस्याबाट बँच्न सकिन्छ । नुहाउँदा मनतातो पानीमा यी ७ चीज मिसाउनुको यस्तो छ फाइदा, जानी राखौँ ।

१-फिटकिरी र कालो नून एक बाल्टी पानीमा एक-एक चम्मच फिटकिरी र कालो नून मिलाएर नुहाउनुहोस् । यसबाट शरीरको रक्तसंचारमा सुधार आउँछ, जसले तनाव र मांशपेशीको दुखाईबाट आराम दिन्छ ।

२-नीमको पात एक गिलास पानीमा ८ देखि १० नीमको पात उमाल्नुहोस् र यो चिसो भएमा छान्नुहोस् । यसलाई एक बाल्टी पानीमा मिलाएर नुहाउनुहोस् । यसबाट स्किन इन्फेक्शन र सूजनको समस्या कम हुन्छ ।

३-एक बाल्टीपानीमा ३ देखि ४ चम्मच गुलाब जल मिलाएर नुहाउनुहोस् । यसबाट मांसपेशीलाई आराम मिल्छ र शरीरको दुर्गन्ध पनि हट्छ ।

४-सुन्तलाको बोक्रा एक बाल्टी मनतातो पानीमा सुन्तलाको बोक्रा हाल्नुहोस् । १० मिनेट पछि यसलाई निकालेर नुहाउनुहोस् । यसबाट मांसपेशीको दुखाई र स्किन इन्फेक्शनको समस्या हट्छ ।

५-कपूर एक बाल्टी पानीमा कप्पोरको २ या ३ टुक्रा मिलाउनुहोस् । यसले नुहाउँदा शरीरलाई आराम मिल्छ र टाउको दुख्ने समस्या हट्छ ।

६-बेसार एक चम्मच काँचो बेसारको पेस्ट बनाउनुहोस् । यसलाई एक बाल्टी पानीमा मिलाएर नुहाउनुहोस् । स्किन डिजीजको खतरा कम हुन्छ ।

७-चन्दन राती सुत्नु अघि एक कटौरा पानीमा थोरै चन्दन हालेर राख्नुहोस् । बिहान यस एक बाल्टी पानीमा मिलाएर नुहाउनुहोस् । यसबाट स्किन इन्फेक्शनको खतरा कम हुन्छ ।

तपाईको प्रतिक्रिया