ताजा खबर:- महिनावारी सही समयमा नहुनु कतिपय युवतीहरू वा महिलाहरूको समस्या हुन्छ । यदि यो समस्या लामो समयसम्म रहिरहेमा कयौँ गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ । यस्तो आवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिई उपचार गर्नुपर्दछ । चिकित्सकका अनुसार, युवतीहरू वा महिलाहरूमा महिनावारी रोकिन सक्ने यी मुख्य ८ कारण हुन्, जुन यसप्रकार छन् ।

१-लगातार तनावमा रहनु लगातार तनावमा रहँदा शरीरमा एस्ट्रोजन र कार्टिसोल नामक हर्मोन निर्माण हुनथाल्छ । शरीरमा यसको मात्रा बढ्दा महिनावारी समयमा नहुने समस्या हुनसक्छ ।

२-थायरोयडको समस्या घाँटीमा रहेको थायरोयड ग्लैंड अन्डरएक्टिभ या ओभरएक्टिभ हुनुको कारण शरीरको हर्मोन सन्तुलन बिग्रन सक्छ । यसको कारण महिनावारी समयमै नहुन सक्छ ।

३-डायबिटीजको समस्या शरीरमा ब्लड शुगर लेभल बिग्रदा हार्मोनल असन्तुलन हुनथाल्छ । यसकारण महिनावारी समयमै नहुने समस्या हुनसक्छ ।

४-बर्थ कन्ट्रोल पिल्सको प्रयोग बर्थ कन्ट्रोल पिल्सको साइड इफेक्टको कारण हार्मोनल असन्तुलन हुनथाल्छ । यसको कारण महिनावारी रोकिन सक्छ ।

५-बढ्दो उमेरको कारण महिलाहरूको उमेर ४० कटेपछि ओभेरियन फेलियरको समस्या हुनथाल्छ । यस्तो अवस्थामा महिनावारी रोकिन सक्छ ।

६-मोटोपन बढ्नु मोटोपनको बढ्नुको कारण ब्रेनमा रहेको हाइपोथेलेमस नामक ग्लैंडमा नकारात्मक असर पर्छ । यसको कारण हार्मोनल असन्तुलन हुनथाल्छ, जसले महिनावारी सही समयमा हुन दिँदैन ।

७-ओभर एक्सरसाइज आवश्यकता भन्दा बढी एक्सरसाइज गर्नाले शरीरमा प्रयाप्त मात्रामा एस्ट्रोजन नामक हार्मोन निर्माण हुन पाउँदैन । यस्तो आवस्थामा कतिपय समय महिनावारी सही समयमा हुन पाउँदैन ।

८-पोलिसिस्टिक ओभरी सिम्पटम(PCOS) PCOSको समस्या हुँदा शरीरमा मेल हार्मोनको मात्रा बढ्न थाल्छ । यस अवस्थामा इन्फर्टिलिटी र महिनावारी रोकिन सक्ने समस्या उत्पन्न हुनथाल्छ ।

तपाईको प्रतिक्रिया