एजेन्सी । सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’ रिलिजको समयमा आएर समस्यामा परेको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले गुजरातमा विधानसभा चुनाव सम्पन्न नभएसम्म फिल्म रिलीज नगर्न माग गरेसागै चलचित्र अप्ठ्यारोमा परेको हो । त्यस्तै चलचित्र ‘पद्मावती’ले ‘इतिहासमाथि खेलवाड’ गरिएको भए रिलिज नै गर्न नहुने बताएको छ । भारतीय मिडियाहरुका अनुसार इतिहासको गलत व्याख्याका कारण क्षत्रीय र राजपूत समुदायको भावनामाथि आहत पुर्याउन सक्ने भन्दै भाजपाले तत्कालका लागी चलचित्र प्रर्दशन गर्न नहुने बताएको छ । भाजपाका प्रवक्ता आईके जडेजाले ‘रानी पद्मावतीले कहिल्यै अलाउद्दीन खिलजीसँग भेट गरेको थिएन । फिल्ममा इतिहासलाई गलत ढंगबाट प्रस्तुत गरिएका कारण यो चलचित्र तत्कालका लागी समस्यका रुपमा देखिन सक्छ यसलाई विधानसभा चुनाव सम्पन्न नभएसम्म रोक्नु आवश्यक छ ।

तपाईको प्रतिक्रिया