एजेन्सी । हेलिकोप्टर दुर्घटनामा साउदी अरेबियाका राजकुमारको ज्यान गएको छ । दुर्घटनामा राजकुमार मन्सुर बिन मुक्रिन सहित केही सरकारी अधिकारीहरुको ज्यान गएको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार यमनको सीमा नजिक राजकुमार मन्सुर चढेको हेलिकोप्टर दुर्घटना हुँदा उनको निधन भएको हो । असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकोप्टर भ्रमणमा निस्किएका थिए । दुर्घटनामा कति जनाको ज्यान गयो र के कारणले दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको स्रोतको भनाई छ ।

तपाईको प्रतिक्रिया