एजेन्सी । अमेरिकाको चर्चमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । अमेरिकाको टेक्ससको विल्सन काउन्टीस्थित चर्चमा नियमित प्रार्थनाका लागि जम्मा भएका मानिसका बीचमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार बन्दुधारीले स्थानीय चर्चमा पसेर स्थानीय समय अनुसार आइतबार बिहान साढे ११ बजे बन्दुक चलाएको हो । प्रहरीका अनुसार अन्धाधुन्ध गोली चलाएर भाग्दै गर्दा आक्रमणकारीको प्रहरीको कारवाहीमा मृत्यु भएको छ । घटनामा मारिएकाको अहिलेसम्म परिचय खुलेको छैन ।

तपाईको प्रतिक्रिया