जनकपुर –

धनुषामा महिला उम्मेदवारको खडेरी

प्रतिनिधि र प्रदेशसभाको लागि धनुषामा महिला उम्मेदवारहरुको खडेरी देखिएको छ । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधि सभाको लागि ८४ र प्रदेशसभाको लागि १ सय १६ गरि २ सय जनाले उम्मेदवारी दिएका छन् । तर त्यसमा महिला उम्मेदवारहरुको संख्या न्युन रहेको छ । २ सय उम्मेदवारमा ६ जना महिलाले मात्रै धनुषामा मनोयनपत्र दर्ता गराएका छन् । ७ जना मध्ये ४ जना प्रतिनिधि र तीन जना प्रदेशसभामा उम्मेदवारी दिएका हुन् । नयाँ शक्ति पार्टीको तर्फबाट ललिता देवी साह निर्वाचन क्षेत्र नम्बर ४, क्षेत्र नम्बर २ मा रीतादेवी ठाकुर स्वतन्त्रबाट र क्षेत्र नम्बर ३ मा मिनु झा र निलम साह स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । त्यसैगरि, क्षेत्र नम्बर १ को ‘ख’ मा राष्ट्रिय जनता पार्टीले केन्द्रिय सदस्य रीता यादव, क्षेत्र नम्बर ३ को ‘क’ बाट राप्रपा ९राष्ट्रवादी०ले गीता देवी र क्षेत्र नम्बर ४ को ‘क’ बाट नेकपा मालेले रेखादेवी दासलाई उम्मेदवार बनाएका छन् ।क्षेत्र १ को प्रीतिनिधिसभा र प्रदेश सभाको ‘क’, क्षेत्र २ प्रदेश सभाको ‘क’ र ‘ख’ मा महिलाको उम्मेदवारी परेन । त्यसैगरि, क्षेत्र नम्बर ३ को प्रदेशसभाको ‘ख’र क्षेत्र नम्बर ४ को ‘ख’ मा महिलाको उम्मेदवारी नगरेको जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रीता यादव मात्र प्रतिस्पर्दामा

रीता यादब यि ६ महिला उम्मेदवार मध्ये क्षेत्र १ को ‘ख’ मा उम्मेदवारी दिएकी रीता यादव मात्र आफ्ना चुनावी क्षेत्रमा प्रस्तिपर्दामा देखिएकी छिन् । राजपाका केन्द्रय सदस्य यादव मधेश आन्दोलनकै क्रममा राजनीति यात्रा थालेकी थिइन । महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी ९तमसपा० हुँदै राजपाका केन्द्रिय सदस्य रहेकी यादव पछिल्लो मधेश आन्दोलनमा सक्रियता पूर्वक लागेकी थिइन् ।३५ वर्षीया यादव आन्दोलनका क्रममा घाइते भएकाहरुलाई दर्जनौ पार्टीका कार्यकतालाई आफ्नै खर्चका उपचार गराउने गर्थिन । माईती र सासुरा दुवै राजनीति पृष्ठभुमि रहेकोले बच्चादेखि नै राजनिीत गर्ने मनसाय पालेको यादवले बताइन । पूर्व राष्ट्रपति डा।रामवरण यादवको भतिजा उद्य कुमार यादवकी श्रीमित हुन् । भने रीताका बुवा समेत राजनीकर्मी हुन् । नयाँ पत्रिकाले छापेको छ । इन्टरसम्मको अध्ययन गरेकी यादवले महिला सशत्तिकरण, महिलाको उत्थान, सम्मान, पहिचान तथा मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन आफूले उम्मेदवारी दिएको बताईन । क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ को एकल महिला उम्मेदवार यादवले आफ्नो जीत सुनिश्चित रहेको दावी गरिन् ।

तपाईको प्रतिक्रिया