एजेन्सी। बलिउड कमेडियन स्टार कपिल शर्मा घरजमको तयारीमा जुटेका छन् । प्रेमीका गिन्नी चतरथसँग गहिरो प्रेम सम्बनधमा रहेका कलाकार शर्मा हिजोआज जहाँ जाँदा पनि प्रेमीका गिन्नी चतरथसँग नै भेटिन्छन् । आगामी चलचित्र फिरंगीको प्रदर्शनको तयारीमा रहेका कपिलकी प्रेमीकाले कपिललाई जतिसक्दो छिटो रक्सी छाड्न आग्रह गरेपछि कपिलकी आमा पनि निकै खुशी भएकी छिन् । चलचित्र फिरंगीको प्रदर्शनपछि यो जोडीले बिहे गर्ने तयारी गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया