दाङ । राप्रपा परित्याग गरेर एमालेमा प्रवेश गरेकी चर्चित गायिका कोमल वलीले वाम गठबन्धकाविरुद्ध दिएको उम्मेदवारी फिर्ता लिएकी छिन् । राप्रपा छोडेर एमाले प्रवेश गर्नु भएकी कोमल वलीले वाम गठबन्धनबाट टिकट नपाएको झोकमा बागी उमेदवारी लिए पनि अन्तत उनले वाम गठबन्धनको आधिकारीक उम्मेदवार हिरा चन्द्र केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताएकी छिन् । तुल्सीपुरमा एमाले नेता शंकर पोख्रेल, उम्मेदवार हिराचन्द्र केसी र जिल्ला अध्यक्ष टिकाराम खड्काको उपस्थितीमा पत्रकार सम्मेलन गरी वलीले उमेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन् । केहि समय अघि एमालेमा प्रवेश गर्नु भएकी गायिका कोमल वलीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि र माओवादीका पोलिटब्यूरो सदस्य एंव पूर्वसभासद कुवेर वलीले क्षेत्र नं ३ ९क० बाट प्रदेश सभा सदस्यका लागि उमेदवारी दर्ता गराएकी थिइन् । वली राप्रपाको महाधिवेशनबाट खुला केन्द्रिय सदस्यमा सर्वाधिक मत ल्याई बिजयी भएकी थिइन् । तर पनि उनले विमती जनाउँदै राप्रपा परित्याग गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया