काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको नौ दिने भ्रमणको क्रममा आइतबार जापान पुगेका छन् । आइतबार बिहान अमेरिकी राष्ट्रपतिको एयर फोर्स विमान जापानमा रहेको अमेरिकी सैनिक शिवीर, युएस योकोता एयर बेसमा अवतरण गरेको थियो । सो सैनिक शिवीरमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी र जापानी सैनिकलाई सम्बोधन गरे ।

सो अवसरमा ट्रम्पले आफ्नो पोषाक सेतो सर्ट र निलो ज्याकेट लगाइरहेका बेला उनलाई सैन्य माण्डरले जापानी सेनाको ज्याकेट लगाउन आग्रह गरेपछि ट्रम्पले पनि निकै रमाइलो माहोलमा उपस्थितहरुलाई सोधर त्यो ज्याकेट लगाउँछन् । जुन माहोल निकै नै रोमाञ्चक र हेर्न लायक देखिन्थ्यो । ज्याकेट लगाएर ट्रम्पले सैन्य कमाण्डरतर्फ फर्किएर भन्छन्–त्यो मेरो कोट तपाइँ नै राख्नुस्। त्यसपछि ट्रम्पले पत्नीलाई सोध्छन्–तिमिलाई मन पर्यो भनेपनि उनकी श्रीमतीले पनि एस भन्ने संकेत गर्छिन् ।

तपाईको प्रतिक्रिया