वाइसीएल नेपालको केन्द्रीय सांस्कृतिक बिभागले अहिलेसम्मकै उत्कृष्ट क्रान्तिकारी म्युजिक भिडियो बजारमा ल्याएको छ । वाइसीएल सांस्कृतिक बिभाग प्रमुख समेत रहेका नवीन खड्काको लय,शब्द र संगीत रहेको यो गीतमा स्वर भने नवीन खड्का र माओवादी गायिका सुर्यकुमारी पुनले दिएकी छिन ।

विशेष गरि बाम गठबन्धनपछि समानुपातिक मतदातासम्म पार्टीले गरेको कामकाज संगीत मार्फत जनता माझ पुर्‍याउन यो गीत बजारमा ल्याएको गायक खड्काले जानकारी दिए । निकै नै मेहनत गरेर बनाइएको गीतमा माओवादी पार्टीका अध्यक्ष समेत रहेका प्रचण्ड सरकारले गरेका महत्त्वपूर्ण कार्यहरुलाई संगीत मार्फत उजागर गरिएको छ ।

रोचक कुरा त के छ भने गीतको अन्त्यमा प्रचण्डले सरकार छोड्दै गर्दाको संबोधनको केही अंस यस गीतको भिडियोले समेटेको छ । जताततै बाम गठबन्धनको गीत घन्किरहेको बेला आफ्नो पार्टीको लागि समानुपातिक मतदातासम्म पुग्न वाइसीएल नेपाल केन्द्रीय कार्यालयले यो गीत प्रचार बिभाग मार्फत बजारमा ल्याइएको बताइएको छ ।

भिडियोमा अभिनय सन्तोष गुरुङ `सन्त´,नुमा घले र कमला पुन मगरले अभिनय गरेका छन भने कोरियाग्राफ जस्मिन मगरले गर्नुभएको छ । यस गीतको भिडियो छायांकन सुरेश श्रेष्ठले गर्नुभएको छ भने भिडियो सम्पादन दिपक बिष्टले गरेका छन, अक्सिजन मिडियाले बजारमा ल्याएको वाइसीएल नेपाल प्रचार बिभाग प्रमुख पुष्प ओली ले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया