एजेन्सी। बढिरहेको आतंकवादी आक्रमणलाई मध्यनजर गर्दै रुसले पछिल्लो समय आफ्नो हतियार भण्डारलाई बढावा दिएको छ । बिबिसीका अनुसार सिरियामा आइएसको आतंक नियन्त्रण गर्नको लागि रुसले कैयौं घातक हतियार तैनाथ गरिसकेको छ । केही समय अघि आइएस आतंकवादीको अड्डामा विनाश मच्चाइरहेको एक हेलिकप्टरको भिडियो सार्वजनिक भएपछि उक्त हतियारको विषयले आतंकवादी संगठनको मात्रै सातो नभई विश्व महाशक्ति मध्येका धेरै देशको समेत टाउको दुखाईको विषय बन्न थालेको छ । सिरियामा आइएसको आतंक नियन्त्रण गर्नको लागि रुसले कैयौं घातक हतियार तैनाथ गरिसकेको छ । केही समय अघि आइएस आतंकवादीको अड्डामा विनाश मच्चाइरहेको एक हेलिकप्टरको भिडियो सार्वजनिक भएको थियो । संसारभर नाइट हन्टर नामले चिनिएको यो हेलिकप्टर रुसका अहिलेसम्मका सबैभन्दा खतरनाक हतियारमा गनिन्छ । एमआइ २८ एन नामको यो हेलिकप्टर अहिलेसम्मकै सबैभन्दा एडभान्स हेलिकप्टर भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया