एजेन्सी । साउदी अरबले यमनले हानेको मिसाइल खसालीदिएको छ । ल किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी प्रहार गरिएको मिसाइल साउदी अरबले खसालीदिएको बिबिसीले जनाएको छ । यो घटना शनिबार रातीको हो । बिबिसीका अनुसार साउदी सरकारी सञ्चार माध्यम अल–अखबरियाले भने मिसाइल सानो भएको र यसबाट कुनै क्षति भने भएको छैन । साउदी अरबले हूती विद्रोहीलाई परास्त गर्ने अभियानको अगुवाई गरिरहेको छ । सन् २०१५ देखि साउदीले यो विद्रोही संगठनविरुद्ध हवाई कारबाही गरिरहेका अन्तर्राष्ट्रिय गठबन्धनमा सहभागी भएको थियो । साउदीको अरबको नेतृत्वमा कारबाही सुरु भए यता अहिलेसम्म यमनमा ८ हजार ६ सयभन्दा बढी मानिसको ज्यान गएको छ भने ५० हजारभन्दा बढी घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया