एजेन्सी । साउदी अबरको भ्रष्टाचार निवारण समितिले ११ राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्रीलाई पक्राउ गरेको छ। नयाँ भ्रष्टाचार नियन्त्रण समिति गठन भएको चार घण्टाभित्रै साउदीमा ११ राजकुमार र चार मन्त्री सहित दर्जनौँ पूर्वमन्त्रीलाई पक्राउ गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । बिबिसीका अनुसार नियन्त्रणमा लिएका व्यक्तिको नाम सार्वजनिक गरिएको छैन। साथै उनीहरुलाई कुन विषयमा दोसी पाइएको भन्ने पनि खुलाइएको छैन। यद्यपी साउदी ब्रोडकास्टार अल अरेबियाले २००९ मा जेद्दाहमा आएको बाढी र २०१२ मा मर्स भाइसरको संक्रमण फैलिएको विषयको जाँच नयाँ शिराबाट सुरु भएको जनाएको छ। उनलाई पक्राउ पुर्जी जारीगर्ने वा यात्रामा प्रतिबन्ध लगाउने अधिकार छ।’साउदी नेशनल गाडी र सेना प्रमुख पनि परिवर्तन गरिएको छ।

तपाईको प्रतिक्रिया