काठमाडौं -विश्वकै चर्चित अनलाइन बिजनेस साइट अमेजन डटकमका संस्थापक जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई पछि पार्दै केही दिनअघि मात्रै उनी पहिलो धनी व्यक्ति बनेका हुन् । हाल उनको कुल सम्पत्ति ९० अर्ब अमेरिकी डलर छ । यो बिल गेट्सको कुल सम्पत्तिभन्दा अमेरिकी डलर ५० करोडले बढी हो । अमेजनबाहेक वासिंगटर पोस्ट र ‘ब्लु ओरिजिन’ नामक एयरस्पेस कम्पनीमा बेजोसको स्वामित्व छ ।

जेफ बेजोस, संस्थापक, अमेजन डटकम विश्वकै धनी व्यक्तिको आनीबानी र दैनिक जीवनशैली कस्तो होला रु आममान्छेलाई चासो हुनु स्वाभाविक हो । बिजनेस इन्साइडरले बेजोसको वर्तमान जीवनका केही रोचक पाटा सार्वजनिक गरेको छ ।राति ८ घण्टामात्रै सुत्ने बेजोस छिटो सुत्ने र बिहान सबेरै उठ्ने तालिकामा चल्छन् । आजका उनलाई सबेरै उठ्न अलार्मको आवश्यकता पर्दैन । बिहान सेरै उठ्ने बानी नै परिसक्यो ।सामान्य जीवनशैलीमा जिउन रुचाउने उनी बिहानको पूरै समय परिवारका लागि छुट्याउँछन् । उनी पारिवारिक सुखलाई पनि सफलताको एउटा महत्वपूर्ण पाटो ठान्छन् । परिवार सुख नभए पैसामा मात्रै सफलता नभेटिने उनको बुझाइ छ ।

त्यसैले बिहान उठेपछि पत्नी म्याकेन्जी बेजोस र चार छोराछोरीसँग बसेर ‘ब्रेकफास्ट’ लिन्छन् । म्याकेन्जी उपन्यासकार हुन् ।त्यसो त बेजोसका लागि बैठक बस्नुपर्ने विषय खासै ठूलो लाग्दैन । सायद, बैठकमा खर्चिने समय जीवनका अन्य काममा प्रयोग गर्छन् । त्यसैले त अमेजनका लागि वर्षमा जम्मा ६ घण्टा मात्रै बैठक आह्वान गर्छन् ।बेजोसको धारणामा बैठक निकै छोटो र अर्थपूर्ण हुनुपर्छ । दुईवटा पिज्जा सक्दासम्म पनि नसकिने बैठकको अर्थ नभएको उनी बताउँछन् । बैठकमा उपस्थितले दुईवटा पिज्जा सक्दासम्म बैठक पनि सकिनुपर्छ अर्थात् कम व्यक्तिको उपस्थितिमा छोटो बैठक हुनुपर्छ भन्ने उनको धारणा हो ।बेजोस कहिलेकाहीँ रिसाहा मालिकको व्यवहारमा प्रस्तुत हुने गरेको पनि चर्चा चल्छ । वेलाबखत हल्ला नै चल्ने गरेको छ कि आफ्नो रिसलाई व्यवस्थापन गर्न उनले कर्मचारी नै राखेका छन् ।नयाँ पत्रिकाले छापेको छ ।

विश्कै धनी व्यक्तिले परिवार र अफिसको समय छुट्याएर आफ्नो ‘वर्कआउट’मा कत्तिको ध्यान देलान् रु यो पाटो भने सार्वजनिक भएको छैन । तर, बेजोसको शारीरिक बनावट सुगठित छ । यस आधारमा उनी व्यायामका लागि पनि समय निकाल्छन् भन्ने अनुमान लगाउन सकिन्छ । एउटा सत्यचाहिँ के हो भने उनी साहसिक काममा विश्वास गर्छन् । आफ्ना छोराछोरीलाई पनि साहसिक काममै प्रेरित गर्छन् ।आममान्छेलाई लाग्न सक्छ, बेजोसजस्तो धनी व्यक्तिले सामान्य घरायसी काममा समय नखर्चिएलान् । तर, बेजोसको स्वभाव ठीक उल्टो छ । उनी आफूले खाएको खानाको प्लेट आफैँ माझ्ने गर्छन्, प्रायः रातिको खानापछि । केही समयअघि एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘राति खाना खाएपछि आफ्नो प्लेट माझ्नु निकै ‘सेक्सी’ काम लाग्छ ।’ 

तपाईको प्रतिक्रिया