एजेन्सी । बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले गएरातीको खेलमा अर्को रेकर्ड बनाएका छन् । बार्सिलोना र सेभियाबीचको खेलसँगै लियोनल मेस्सीले ६ सय खेलको इतिहास कायम गरेको बिबिसीले जनाएको छ । गएरातीको खेलमा बार्सिलोनाले खेल सुरु भएको तेस्रो मिनेटमै अग्रता लियो । खेलको १३औँ मिनेटमा सेभियाले पनि गोल गर्ने सुनौलो अवसर गुमायो। पासो अल्कासेरले २३औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

सेभियाका पिजारोले ५९औँ मिनेट हेडिङमार्फत उत्तकृष्ट गोल गर्दै बराबरी गरे। तर सेभियाले बराबरी गरेको ६ मिनेटमै बार्सिलोनाका लागि पासो अल्कासेरले अर्को गोल गरेसागै खेल रोमाञ्चक मोडमा प्रवेश गर्यो । अन्तत बार्सिलोनाले सेभियामाथि २–१ को जित हासिल गर्‍यो।

तपाईको प्रतिक्रिया