नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार यहाँको प्रतिपक्षी दल भारतीय कांग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका छन् । उत्तर भारतको हिमाञ्चल प्रदेशको कांगडामा भएको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले प्रतिपक्षी दललाई ‘धमिरा’को संज्ञा दिँदैे आलोचना गरेका हुन् । भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छोडी आफ्नो दल भारतीय जनता पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।प्रधानमन्त्री मोदीले भने, ‘यदि तपार्इंले बाहिरी भागमा सफा गर्नुभयो भने पनि केही दिनपछि धमिरा देखा पर्छन् । कँग्रेस पार्टीको भ्रष्टाचारी सोच पनि धमिराजस्तै पुन देखापर्छ ।’ ‘तपाईंले सरकारमात्रै परिवर्तन गरेर हिमाञ्चलमा भ्रष्टाचार नियन्त्रण गर्न चाहनुभएको छ तर जरैदेखि सफाई गर्न जरुरी छ’, भारतीय प्रधानमन्त्रीले भने । हिमाञ्चलमा यही नोभेम्बर ९ मा स्थानीयस्तरको निर्वाचन हुने कार्यक्रम रहेको छ । सोही सन्दर्भमा उनले हिमाञ्चलबासीलाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन् ।हिमाञ्चल राज्य सरकारमा अहिले कँग्रेसको नेतृत्व रहेको छ ।

तपाईको प्रतिक्रिया